२५ जेठ धनगढी ।

PatientHand
खैलाड ३ का परदेशू चौधरीलाई किशोरावस्थामै हातखुट्टा दुख्ने र रगत नबढ्ने समस्याले सतायो । गाउँको मेडिकलमा उपचार गराउँदा निको नभएपछि उनी, धनगढी, भारतको पलिया, लख्खिमपुर, लखउनसम्म पुगे । १८ लाख खर्च भयो तर बिराम पत्तो लागेन । रोग पत्ता नै नलागी २८ वर्षको उमेरमो गत महिना उनको ज्यान गयो ।

 


सानो उमेरमै स्वास्थय समस्या देखिएको नेपाल र भारतका अधिकांश अस्पताल पुर्याइयो तर निको भएन, उनका दाजु केशव चौधरीले भने कलिलो उमेरमै भाइ गुम्यो । कमाइखाने जमिन बेचेर भाइको उपचारका लागि लाखौं खर्च गरेका उनले बताए ।

 

पहलवानपुर २ की १८ वर्षीया रेखा कठयिालाई दुई वर्षअघि कक्षा १० मा पढ्ने बेला शरीर र हातखुट्टा दुख्न थाल्यो उनले पनि धनगढी, पलिया, लख्खिमपुर गएर चिकित्सकलाई देखाइन, रोग पत्ता लागेन । दिल्ली गएर देखाएपछि केही महिनअघि सिकलसेल एनिमिया भएको पत्ता लगेको छ ।

‘रोग पत्ता लगाउनमात्र ६ लाख खर्च भयो’, उनले भनिन् थारु समुदायका अधिकांशलाई अहिलेसम्म पनि सिकलसेल एनिमियाबारे थाहा छैन । धेरै चिकित्सक पनि यो रोगबारे बेखबर रहेकाले रोग पहिचान हुन सकेको छैन ।

 

पश्चिम नेपालका थारु समुदायमा बंशाणुगत रुपमै देखा परेको सिकलसेल एनिमियाबाट सयौंको ज्यान गइरहेको छ भने थुप्रै संक्रमित छन् । नागरिकमा खबर छ ।

 

रक्तकोष नोक्सान भएर घट्दै जाने यो रोग लागेमा विभिन्न अन्य रोगसँग मिल्ने लक्षण देखा पर्दछ । यो रोगको संक्रमणले बच्चाहरुमा पटक पटधक नियमोनिया, जन्डिस, रक्तअल्पता, ज्वरो आउने जस्ता लक्षण देखा पर्छ । सिकलसेल एनिमिया भएको पत्ता नै नलागी धेरैजना मृत्युको मुखमा पुग्ने गरेको चिकित्सक बताउँछन् ।