nice-couple-valentine-photos
भनिन्छ जीवनमा कुनै न कुनै बेला सबै प्रेममा पर्छन् । प्रेमको डोरी विश्वासमा मात्र टिकेको हुन्छ । यि सबै कुराहरु जान्दा जान्दै पनि प्रेमी र प्रेमी का को मनमा एउटा प्रश्न पक्कै पनि उठ्छ कि लव पार्टनर को स्वभाव कस्तो छ ?  जस्तो देखिन्छ उस्तै स्वभाव छ वा त्यो भन्दा भिन्न स्वभाव छ त ?

 

मेश राशि

 

 मेश राशि भएका प्रेमी प्रेमीकाहरु आर्कषक र प्रभावशाली स्वभावका हुन्छन् । उनीहरुको व्यक्तित्व दमदार र स्वभाव रोमान्टिक देखिन्छ । मेश राशी हुने प्रेमी मनले जलेर प्रेम गर्ने हुनाले उनीहरुको प्रेम धेरै समय टिकाउ हुन्छ ।  बढी कामुम स्वभावको हुनाले यो राशी हुने व्यक्तिले अत्यधिक यौन सम्पर्क गर्न रुचाउँछन् ।

वृष राशि

यो राशि हुने व्यक्ति उत्तम श्रेणीका प्रेमी हुन्छन् । यो राशीका व्यत्ति जो कसैसँग पनि छिट्टै प्रेम सम्बन्ध कायम गर्न सफल हुन्छन् । यो राशीका प्रेमी हरु छिटै भावुक हुने गर्दछन् । उनीहरुको प्रम सम्बन्ध जिन्दगी भरी नै सरल रेखामा चलीरहन्छ । उनीहरुले आफ्ना प्रेमीहरुलाई जुन कुनै परिस्थितीमा पनि साथ दिन कुनै कसुर बाँकी राख्दैनन् । उनीहरु यौन सम्बन्धलाई भन्दा एकान्तलाई बढी महत्व दिन्छन् ।

 

मिथुन राशि

 

मिथु राशि हुने व्यक्तिको जिवनमा सामान्य खालका थुप्रै प्रेम सम्बन्ध हुन्छन् । यही कारणले नै यो राशी हुने व्यक्तिका बहुविबाह पनि हुन सक्छ । यिनीहरु विपरित लिङ्गी प्रति आर्कषित हुन्छन् । मिथुन राशी भएकाहरु दिलसँग रोमान्स गर्न खप्पिस हुन्छन् । यिनीहरु छोटो छोटो समयमा छिटो छिटो सम्बन्ध कायम गर्न सफल हुन्छन् । यो राशीका प्रेमीहरु जहाँ भए पनि उनीहरुको मन चञ्चल भइनै रहेको हुन्छ ।

 

कर्कट राशि

 

ज्योतिष शास्त्रको अनुसार कर्कट राशि भएका व्यक्ति अत्यन्तै मुडी स्वभावका हुन्छन् । उनीहरु सम्बन्ध प्रति इमान्दार हुन्छन् र राम्रो तरिकाले जिम्मेवारी निभाउँछन् । उनीहरुले आफ्नो प्रेमी को भावनाको कदर गर्छन् । अधिकांश कर्कट राशी हुने व्यक्तिको जीवनमा विवाह पछि तुरुन्तै परिवर्तन आउँछ । प्रम सम्बन्धका बारेमा उनीहरुले खुलेर निर्णय गर्न सक्दैनन् । विवाह पूर्व सम्बन्ध राख्न उनीहरुले धेरै प्रयास गर्छन् ।

 

सिंह राशि

 

यो राशि भएका मानिसको बोली अत्यन्तै प्रभावकारी हुन्छ । उनीहरुको व्यक्तित्व सिंह समान हुन्छ । उनीहरु खुला दिल र आर्कषक व्यक्तित्वका धनी हुन्छन् । उनीहरु स्वच्छ पे्रम गर्न रुचाउँछन् र सम्बन्ध सदिऔँ टिक्छ । सिंह राशि हुनेहरुलाई आर्दश प्रेमीको उपनाम दिन सकिन्छ । उनीहरु केही भावुक र सुन्दर शरीर भएका हुन्छन् । मिलनसार स्वभावका यिनीहरु बैबाहिक सम्बन्धको अन्त्यसम्म पनि सुमधुर सम्बन्ध राख्न चाहान्छन् ।

 

कन्या राशि

 

कन्या राशि हुने व्यक्तिहरुको प्रेम राम्रा मानिसहरुसँग हुदैन तर पनि यिनीहरुलाई राम्रा प्रेमी का कोटीमा राख्न सकिन्छ । यो राशि भएका मानिसहरु आर्कषक व्यक्तित्वका धनि हुन्छन् । यो राशि भएका व्यक्तिको वैवाहिक जीवन भने अत्यन्तै मजबुत हुन्छ । यिनीहरुको सोच केवल शारिरीक सम्बन्धमा मात्र सिमीत नभएर दिल देखि दिल सम्मको सम्बन्ध हुन्छ ।

 

तुला राशि

 

ज्योतिष शास्त्रका अनुसार यो राशि भएका मानिसहरु गन्न सकिने सफल प्रेमी हरुको सुचीमा पर्न सक्छन् । किनकी यो राशिका व्यक्तिले प्रमको गहिराई र महत्व राम्ररी बुझेका हुन्छन् । यिनीहरु कहिल्यै एक्लै बस्न रुचाउँदैनन् । यो राशि भएका व्यक्ति कुनै पनि व्यक्तिसँग मिलेर उसको स्वभावका बारेमा सही सही अनुमान लगाउन सक्छन् । यिनीहरुले प्रमलाई कहिल्यै धोका र रोमान्सका रुपमा नहेरी सँधै पवित्र बन्धनका रुपमा मात्र सोच्छन् ।

 

बृश्चिक राशि

 

यो राशि भएका व्यक्ति विवाह पूर्व उच्च आर्दश प्रेमी हुन्छन् । आफ्नो प्रेमका लागी उनीहरु जे पनी गर्न र त्याग्न तयार हुन्छन् । यिनीहरुमा इश्र्याको भावना बढी हुन्छ । यिनीहरुको व्यत्तित्व देखेर विपरित लिङ्गी तुरुन्तै जल्छन् ।

 

धनु राशि

 यो राशि भएका व्यक्ति अत्यन्तै संवेदनशिल र मिलनसार स्वभावका हुन्छन् । यिनीहरु सँधैभरी खुशी भएर समय विताउन चाहान्छन् । ज्योतिष शास्त्रका अनुसार यो राशि भएका व्यक्तिहरु सफल प्रमीको सुचीमा पर्छन् । यिनीहरु कुनै कुनै रुपमा एउटा न एउटा प्रेमी प्रेमी कासँग रहिरहन रुचाउँछन् । उनीहरु सँधैजसो नयाँ नयाँ साथीको खोजीमा भइनै रहन्छन् ।

 

मकर राशि

 

यो राशि भएका व्यक्ति बढी जिद्दी स्वभावका हुनछन् । ज्योतिष शास्त्रका अनुसार उनीहरुको यही स्वभावका कारण पे्रम सम्बन्धमा कुनै न कुनै समस्याको सामना गरिरहनु पर्छ । यिनीहरु आफ्नो जिद्दी स्वभावका कारण पे्रम गर्दा बढी पे्रम गर्ने र जिद्दी बानीका कारण झगडा पनि गरिरहने स्वभावका हुन्छन् । यो राशिका मानिसहरुले एक पटक जसलाई आफ्नो सम्झिन्छन् उसलाई सधैभरी सम्झीरहन्छन् । यो नै मकर राशीका व्यक्तिको खास गुण हो ।

कुम्भ राशि

 

ज्योतिष शास्त्रका अनुसार यो राशि भएका प्रेमी अली बढी भावुक स्वभावका हुन्छन् । यिनीहरु केही मुडी स्वभावका पनी हुन्छन् । यिनीहरुको पे्रम दिर्घायु हुन्छ । उनीहरु प्रेममै बाँच्छन् र प्रेममै मर्छन् । उनीहरु आफ्नो जीवन साथी प्रति पूर्ण विश्वास राख्छन् । यिनीहरुलाइ सितीमिती रिश उठ्दैन, उठेपछि नियन्त्रण बाहिर जान्छ । यही कारण पनी धेरै पटक जीवनमा गडबड भइरहन्छ । जसको परिणामस्वरुप यिनीहरुलाई केही अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ ।

 

मीन राशि

 

यो राशिका व्यक्तिको स्वभाव माछाको जस्तो हुन्छ । त्यसैले यो राशिका व्यक्तिमा जवान गुण रही रहन्छ । यिनीहरु अत्यन्तै भावुक स्वभावका हुन्छन् । ज्योतिष शास्त्रका अनुसार, भावुकताको कारण यिनीहरु छिट्टै विपरित लिङ्गी प्रति आर्कषित हुन्छन् र आफ्नो प्रेम प्राप्त गर्न पनि सफल हुन्छन् । यिनीहरुको सोच आफ्ना प्रेमी आफूप्रति पूर्ण रुपमा सहानुभुती राख्ने खालको होस् भन्ने खालको हुन्छ ।