८ असार, काठमाडौं । 

एकीकृत माओवादी नेता एवंम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले डिआइडी लिटल मास्टर्स च्याम्पियन भएकी तेरिया मगरलाई नयाँ स्टार संज्ञा दिएका छन् । तेरियालाई च्याम्पियन भएकोमा ट्वीटरमार्फत् बधाइ दिएका भट्टराईले भनेका छन्—एउटा नयाँ स्टारको जन्म भएको छ ।

brb
उनले लिटल मास्टर्सको फाइनल चरण अगाडी तेरियाको पक्षमा मत समेत दिएका थिए । ट्वीटरमार्फत् भट्टराईले तेरियालाई बधाई दिएपछि उनका फ्यानहरुले दर्जनौं कमेन्ट गरेका छन् ।

भट्टराइले तेरियाको मात्र प्रशंसा गरेका छैनन्, अर्जेन्टिनाका लियोनल मेसीले इरानविरुद्ध गरेको गोल समेत प्रशंसा गर्न भ्याएका छन् । उनलाई एक फ्यानले प्रश्न सोधेका छन्— डाक्टर सावलाई डिआइडी हेर्न फुर्सद पनि छ ?