४ असार, काठमाडौं ।

नेपालको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र क्याम्सको स्ववियु स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयमा आगजनी भएको छ । २ विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीबीच झगडा हुँदा स्ववियु भवनमा आगजनी भएको बताइएको छ । यद्यपी आगजनी कस्ले गरेको हो भन्ने स्पष्ट नभैसकेको प्रहरीले जनाएको छ ।

अनेरास्ववियुका विद्यार्थीले नेविसंघ आवद्ध विद्यार्थीहरुले आफ्ना साथीलाई खुकुरी हानेर फरार भएको आरोप लगाएका छन् । 

एमाले अखिल समर्थक प्रेम केसीलाई खुकुरी प्रहार गरिएको र घाइते अवस्थाका उनको बागबजारस्थित मोडल अस्पतालमा उपचार भैरहेको पनि अखिलका नेताहरुले जानकारी दिएका छन् । 

 

 

 

Tri Chandra College

नेविसंघले भने अखिलका विद्यार्थीहरुले स्ववियुमा आगजनी गरेको आरोप लगाएको छ । अहिले त्रिचन्द्र क्याम्पसमा प्रहरी पुगिसकेको छ । 

अनेरास्ववियु र नेविसंघबीचको विवादले उग्ररुप लिएको र झगडाकै क्रममा कुनै एक पक्षले स्ववियु भवनमा आगो लगाएको प्रहरीको भनाइ छ ।

स्ववियु भवन र क्याम्पसको विपी पुस्तकालयमा समेत आगो लागेको बताइएको छ । आगो नियन्त्रणमा लिन दमकल समेत यतिबेला घटनास्थलमा पुगेको छ ।