कुनै पनि ब्यक्तिले लगाउने पर्फ्युमले उसको ब्यक्तित्व झल्काउँछ । सुगन्धित फर्फ्युम अरुलाई आफुतिर आकर्षित गर्ने राम्रो माध्यम पनि हो । ज्योतिष शास्त्रका अनुसार पर्फ्युमको प्रयोग पनि राशी अनुसार गर्नु उपयुक्त हुन्छ । राशी र स्वामी ग्रह अनुसार उपयुक्त सुगन्ध प्रयोग गर्दा त्यसले विभिन्न समस्या समाधान गर्न र जीवनमा सुख, शान्ति एवं ऐश्वर्यमा वृद्धी हुने विश्वास रहेको छ ।

perfume

यहाँ कुन राशीको ब्यक्तिले कस्तो पर्फ्युम लगाउनु उपयुक्त हुन्छ भनेर चर्चा गरेका छौं ।

 

मेष- यो राशीका ब्यक्तिले जसमीनको सुगन्ध आउने पर्फ्यूम प्रयोग गर्नु राम्रो हुन्छ ।

 

वृष- यो राशीका ब्यक्तिले चमेलीको सुगन्ध आउने पर्फ्यूम लगाउनु उपयुक्छ हुन्छ ।

body massage

मिथुन- मिथुन राशीको स्वभाव अनुसार बनमा पाइने फूल केशरको सुगन्ध हुने पर्फ्यूम उपयोग गर्दा राम्रो मानिन्छ ।

 

कर्क- कर्कट राशीको स्वामी चन्द्रमा हो । यो राशीका मानिसले गुलाफको सुगन्ध आउने पर्फ्यूम उपयोग गर्नु राम्रो हुन्छ ।

सिंह- यो राशीको स्वभाव अनुसार मिठो गन्ध अर्थात चकलेट फ्लेवरको पर्फ्यूम प्रयोग गर्नु राम्रो हुन्छ ।

 

कन्या- यो राशीका मानिसलाई बादामको सुगन्ध भएको पर्फ्यूम लगाउनु उत्तम हुन्छ ।

 

तुला- यो राशीको स्वामी शुक्रदेव हो । शुक्रलाई चकलेट र चमेलीको सुगन्ध मन पर्छ । तसर्थ यो राशीवालाले यस्ता सुगन्धको पर्फ्यूम प्रयोग गर्नु उपयुक्त हुन्छ ।

 

वृश्चिक- यो राशीका लागि रोजमेरीको सुगन्ध हुने पर्फ्यूम लगाउनु लाभदायक हुन्छ ।

 

धनु- यो राशीको स्वभाव र स्वामी अनुसार चंदनको सुगन्ध भएको पर्फ्यूम लगाउनु उपयुक्त हुन्छ ।

 

मकर- यो राशीको स्वामी शनी हो । यो राशीका मानिसले शक्ति दिने सुगन्ध भएको पर्फ्यूम प्रयोग गर्नु राम्रो हुन्छ । यसमा लेमन फ्लेवर राम्रो मानिन्छ ।

कुंभ- कुम्भ राशीको स्वामी पनि शनी हो । त्यसकारण यो राशीलाई एक्वा फ्लेवर भएको पर्फ्यूमको उपयोग गर्नु राम्रो हुन्छ ।

 

मीन- मीन राशीलाई कस्तूरीको सुगन्ध हुने पर्फ्यूम लाभदायक मानिन्छ ।