प्रकृतिले हरेक मानिसलाई फरक फरक बनाएको छ । सबैको कद र अनुहारको बनौट फरक छ । कसैको अग्लो कद छ त कसैको होँचो । कसैको अनुहार गोरो छ भने कसैको कालो ।

समुन्द्र शास्त्र अनुसार मानिसको अनुहार हेरेकै भरमा पनि उसको विषयमा धेरै कुरा बताउन सकिन्छ । आनी बानी मात्र होइन अनुहारबाटै आयुको विषयमा समेत अनुमान लगाउन सम्भव रहेको समुन्द्र शास्त्रको दावी छ ।

face says age

यसै कारण शरीर लक्षण विजानले निधारमा देखिने साना साना रेखालाई पनि महत्वपूर्ण मानेको छ । निधारमा देखिने रेखाका आधारमा मानिसको उमेर र आयु अनुमान गर्न सकिन्छ ।

कुनै पनि ब्यक्तिको निधारमा रहेको शुभ रेखाले २५ प्रतिशत आयु वृद्धी गर्छ । अशुभ रेखाले त्यति नै आयु कम गर्ने बताइन्छ । तपाइँको निधारमा हेरेर आफै आफ्नो अनुहार अनुमान गर्न सक्नु हुन्छ ।

face says age 1

ज्योतिषका अनुसार जुन ब्यक्तिको निधारमा २ पूर्ण रेखा हुन्छ त्यस्तो ब्यक्तिको आयु ६० वर्ष हुन्छ । यदि रेखा एकदम स्पष्ट छ भने यस्ता ब्यक्तिले जीवनमा धन र सुख प्राप्त गर्छन् ।

तर रेखा काटिएको छ भने चाँहि यस्ता ब्यक्तिको जीवनमा दुःख आइ लाग्छ । आर्थिकरुपमा पनि यिनीहरुको जीवन कठिन नै हुन्छ ।

यदि कुनै ब्यक्तिको निधारमा ३ रेखा छन् भने यस्ता ब्यक्तिको आयु ७५ वर्ष जति हुन्छ । यदी निधार उस्केको छ भने यस्ता ब्यक्तिले नाती पनाती समेत देख्छन् । यस्ता ब्यक्तिको जीवन सुखमय हुन्छ ।

mangal rekha

निधारमा ४ रेखा हुने ब्यक्तिको आयु पनि ७५ वर्ष जति नै हुन्छ र ५ रेखा हुने ब्यक्ति भने १०० वर्ष सम्म जिउँछन् ।

यदि कुनै ब्यक्तिको निधारमा ५ भन्दा पनि बढी रेखा हुन्छ भने त्यस्ता ब्यक्तिको आयु मध्यम हुन्छ । रेखा नै नहुने ब्यक्तिको अल्पायु हुन्छ ।