palungo

पालुंगो गुणकारी तरकारी हो । यसले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउने गर्छ । पालुंगोमा क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियमका साथै भिटामिन ए, बी, सी आदि प्रचुर मात्रामा पाइन्छ । तरिका मिलाएर खानाले पालुंगोले विभिन्न रोगबाट जोगाउँछ ।

     पालुंगोको पत्ताको रस र नारिवलको पानी समान मात्रामा मिलाएर बिहान र बेलुका पिउनु पत्थरीको समस्या भएका व्यक्तिका लागि लाभदायक हुन्छ । दिनहुँ यसो गर्नाले स्टोन बाहिर निस्किन्छ ।


     काँचो पालुंगो गुणकारी हुन्छ । यसले सम्पूर्ण पाचनतन्त्रलाई स्वस्थ्य र सबल अवस्थामा राख्छ ।


     खोकी लागेका बेला पालुंगो रसले कुल्ला गर्नाले लाभ हुन्छ ।


     काँक्रो, पालुंगो र गाँजर समान मात्रामा मिलाएर जुस बनाई पिउने गरेमा कपाल बाक्लो र चम्किलो बन्छ ।


     एक गिलास पालुंगोको जुसमा स्वादअनुसार सिधेनुन मिलाएर खाने गरेमा दम र श्वासप्रश्वाससम्बन्धी रोगबाट छुटकारा मिल्छ ।


     ताजा पालुंगोको रसरोज पिउनाले स्मरण शक्ति बढ्छ । पालुंगोमा आयोडिन हुन्छ, जसले मानिसलाई मानसिक थकानबाट मुक्त गरेर स्मरण शक्ति बढाउने गर्छ ।


     जन्डिसका रोगीले पालुंगोको रस र काँचो मेवाको रस मिलाएर पिउनु लाभदायक हुन्छ ।


     ब्लड प्रेसर लो भएका मानिसले सकेको खण्डमा दिनहुँ पालुंगोको तरकारी खानु राम्रो हुन्छ । यसले शरीरमा रक्तप्रवाह नियन्त्रण गर्न मद्दत गर्छ ।


     थाइराइडका बिरामीले एक प्याला पालुंगोको रसमा एक चम्चा मह र अलिकति जिरा हाली चुर्ण बनाएर सेवन गर्नाले राम्रो हुन्छ ।


     पालुंगोको जुसले कुल्ला गरेमा दाँतको समस्या र मुख गनाउने समस्या कम हुन्छ ।


     रक्त अल्पता भएका मानिसले दिनहुँ एक गिलास पालुंगोको रस पिउनु राम्रो हुन्छ ।


     मुटुका रोगीले दिनहुँ एक कप पालुंगोको जुसमा दुई चम्चा मह मिलाएर खानु लाभदायक मानिन्छ।