पछिल्लो समयमा विश्वव्यापीरुपमा मोटो पनको समस्या बढ्दै गएको छ । मानिसहरुमा तौल बढ्ने र मोटोपनको समस्या आम भैसक्यो ।

यहाँ शरीर फिट र स्वस्थ राख्ने ४ सामान्य उपाय उल्लेख गरिएको छ ।

Healthy-Body
लामो समय सम्म नबस्नुस्

यदि तपाइँ बसिरहने गर्नु भएको छ भने त्यो बानी आजै देखि छोड्नुस् । टिभी वा कम्प्युटरमा लामो समय बस्दा शरीरमा तौल बढ्ने र मोटो पनको समस्या देखिन् सक्छ ।

 

नियमित शारीरिक ब्यायाम गर्नुस्

शारीरिक ब्यायाम शारीरिक मात्र होइन मानसिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ । सँधै एउटै खाले भन्दा पनि शरीरका विभिन्न अंगहरुलाई स्फुर्त राख्ने अभ्यास गर्नु राम्रो हुन्छ । नियमित अभ्यास फिट रहन मद्धत गर्छ ।

healthy body

फाष्ट फुड नखानुस्

हामी पछिल्लो समयमा फाष्ट फुडमा बढि निर्भर बन्दै गएका छौं । यसले हाम्रो शरीरमा मोटो पन बढाउन भूमिका खेलिरहेको छ । यस्ता खाना जतिबेला मन लाग्यो त्यति नै बेला पाउने हुँदा पनि अत्याधिक सेवनको खतरा हुन्छ । अतः फाष्ट फुडको सेवन कम गर्नुस् ।

सोडा पिउन छोड्नुस्
शक्तिबर्द्धक पेय पदार्थ र सोडाको सेवनले हामीलाई मोटो बनाउँछ । बरु फलफुलको जुस खानु उत्तम हुन्छ । जंकफुड र शक्तिवर्द्धक पेय खान छोडिदिनुस् ।