अहिले प्रबिधिले मानिसलाई जति सुबिधा दिएको त्यति नै नकारात्मक असर पनि गरेको छ । पछिल्ला केहि बर्षयता सबैको हातहातमा मोबाइल फोनको सुबिधा रहेको छ ।

bren tumarmobile

अहिले सो सुकैको हातमा मोबाइल हुने गरेको छ । मोबाइल फोन टाढा टढाका मानिसहरुबीचको दुरी घटाउने अथवा टाढाका मानिसहरुबीच कुराकानी गराउने सजिलो माध्यम त बनेको छ नै तर यसका नकारात्मक पक्ष पनि उत्तिकै छन् । कति ठाउँहरुमा धेरै दुरुपयोग पनि भैरहेको पाइन्छ । मोइबाइल फोनले मानिसहरुको शरीरको मेटाबोलिज्म क्रियामा ठुलो प्रभाब पार्ने गर्दछ । यो कुराको मोबाइल फोन निर्माताहरु बिरोध गर्छन ।

तर डाक्टरहरु भने मोबाइलका कारण मानिसमा क्यान्सरको खतरा बढेको बताउछन् । मोबाइल फोनको प्रयोगका कारण क्यान्सरसंगै थकान, निन्द्रा, स्मरण शक्तिमा कमी, पाचन शक्ति ह्रास लगायतका रोगहरु लाग्ने गर्दछन् । यस्तै धेरै फोन कानमै राखेर धेरैबेर गफ गर्ने मानिसलाई ब्रेन ट्युमर हुने एक अध्यनले दाबी गरेको छ ।