सबैलाई आफ्नो जीवनको पहिलो सेक्स निक्कै काल्पनिकस्तरमा रमाइलो हुने अपेक्षा हुन्छ । कल्पना गर्नु खराव होइन । केटाहरु पहिलो सेक्स लामो पार्न चाहन्छन् । तर वास्तवमा पहिलो सेक्समा अधिकाँश केटाहरु शीघ्र स्खलनबाट पीडित हुन्छन् । अझ कतिपयलाई त उत्तेजना नहुने समस्या हुन सक्छ ।

natural-beauty-women

उता अधिकाँश युवतीको मनमा पहिलो पटक सेक्स गर्दा पीडा हुने डर हुन्छ । धेरैका लागि यो सत्य पनि हो । तर के स्त्रीलाई पहिलो सेक्समा पीडा हुनु अनिवार्य हो त ?

 

हो पीडा हुन्छ तर धैर्य गर्नुस् 

महिलाहरुका लागि पहिलो सेक्स केही पीडादायी हुन सक्छ । तर नआत्तिनुस् । यो कुनै डराउनु पर्ने स्तरको पीडा होइन । अली लामो पाकक्रिडा गर्न सक्यो र स्त्रीलाई तयार गर्न सक्यो भने त्यो पीडा समेत नुहने विशेषज्ञहरु बताउँछन् । महिलाको यौनीरस प्रयाप्त उत्पादन भएमा यो पीडा नहुने उनीहरुको भनाइ छ । पहिलो सेक्सकमा केटाहरु हतारिन्छन् । तर त्यसो नगरी विस्तारै केटीलाई तयार गरेर मात्र सहवास गरेमा पीडा हुँदैन ।

 

woman regret
रक्तश्राव हुन्छ ?

पहिलो यौन संसर्गमा केटीको रक्तश्राव हुनु पर्ने पुरातनवादी मान्यता छ । कतिपय समुदायमा त महिलाको रक्तश्राव नभए उनी कुमारी नभएको भन्ने समेत ठानिन्छ । तर त्यस्तो होइन । महिलाको योनीमा हुने हाइमेन भनिने सानो झिल्ली टुट्दा यसरी रक्तश्राव हुने हो । तर यो झिल्ली साइकल चलाउँदा वा खुट्टा फाढ्नु पर्ने अन्य क्रियाकलापमा पनि टुट्न सक्छ । महिला पूर्णरुपमा तयार भएपछि सहवास गरेमा यस्तो रक्तश्राव नहुन पनि सक्छ । तर हुँदा पनि पीडा दायी नहुने विशेषज्ञहरुको भनाइ छ ।

 

vacation
गर्भ रहने खतरा

अधिकाँश जोडीले पहिलो यौन संसर्गमै नचाहेको गर्भ रहेर झन्झट ब्यहोर्नु पर्छ । त्यसकारण बाहिर विर्यपात गर्ने वा सेफ पिरियड जस्ता कुरामा भर गर्नु हुँदैन । अविवाहित जोडीले सके सम्म कण्डोम वा त्यस्तै भरपर्दो परिवार नियोजनको साधन अपनाउनु पर्छ ।

तरल पदार्थको आदान प्रदान

शारीरिक सम्बन्धका क्रममा महिला र पुरुषबीच विभिन्न यौनिक रसको आदान प्रदन हुन्छ । सामान्य रसको आदान प्रदानले नै गर्भ रहने उच्च खतरा हुन्छ । तपाइँले चाल नै नपाइ पनि कतिपय रसायनको आदान प्रदन हुने कुराप्रति ध्यान दिनुस् ।