हाम्रो हातमा विभिन्न प्रकारका रेखा हुन्छन् । ती रेखाले नै हाम्रो सम्पूर्ण जीवनका विषयको कुरा निर्धारण गर्ने ज्योतिष शास्त्रीहरुको दावी छ । हातमा भएका रेखामा खासै परिवर्तन नहुने र जीवनभरी त्यसको प्रभाव रहने बताइन्छ । हाम्रो हातमा हुने जीवन रेखा, भाग्य रेखा, हृदय रेखा, मणिबन्ध, सूर्य रेखा, विवाह र सन्तान रेखा महत्वपूर्ण मानिन्छन् ।

हस्तरेखा ज्योतिषका अनुसार कुनै पनि ब्यक्तिको विवाह रेखा हेरेर प्रेम विवाह हुन्छ कि मागी विवाह भन्ने कुरा भविष्यवाणी गर्न सकिन्छ । विवाह रेखासँग सन्तान रेखा समेत हुने बताइन्छ ।

marriage line of the palm 3

विवाह रेखा कहाँ हुन्छ ?

विवाह रेखा कान्छी औंलीकोको तल्लो भागमा हुन्छ । यसलाई बुध पर्वत पनि भनिन्छ । बुध पर्वतको अन्त्यमा केही गहिरो रेखा हुन्छ । त्यसलाई नै विवाह रेखा भनिन्छ । यस्ता रेखा एक मात्र नभएर धेरै पनि हुन सक्छन् ।

marriage line of the palm

एक भन्दा बढी विवाह रेखा हुने ब्यक्तिका प्रेम प्रसंग बढि हुने र धेरै जनासँग नजिकिने ज्योतिषहरुले बताउँछन् । यी रेखाहरु बढी तलपट्टि गएका छन् भने यस्ता ब्यक्तिको बैबाहिक जीवन राम्रो हुँदैन । कुनै स्त्रीको हातमा विवाह रेखाको शुरुमै टापु जस्तो चिन्ह छ भने यस्ता महिलाले सौता ब्योहोर्नु पर्ने वा झुक्याएर विवाह गरिदिने खतरा हुन्छ । यस्ता महिलाका पतिलाई स्वास्थ्यको समस्या समेत हुन सक्छ ।

marriage line of the palm 2

यदि कुनै ब्यक्तिको हातमा विवाह रेखा लामो छ र सूर्य पर्वत सम्म पुगेको छ भने यस्ता ब्यक्तिको बैबाहिक जीवन सुखमय हुन्छ भने जीवनसाथी पनि समृद्ध प्राप्त गर्छन् ।

यदि कसैको विवाह रेखा बिचमै काटिएको छ भने यसले विदुर वा विधवा हुने संकेत गर्छ ।

सन्तान रेखाः

सन्तान रेखा पनि कान्छी औंद्याको तल्लो भागबाटै शुरु हुन्छ । यो ठाडो रेखा हुन्छ । यो रेखाबाटै कुन ब्यक्तिका सन्तान कति हुन्छ भन्ने थाहा पाउन सकिने ज्यतिष शास्त्रीहरुको दावी छ । अझै गहिरो गरी अध्यन गरी हेर्दा छोरा हुने कि छोरी भन्ने कुरा समेत थाहा हुने उनीहरु बताउँछन् ।