समाजमा घटेका अनेक प्रकारका घटनाहरुमध्ये जल्दो बल्दो समस्याका रुपमा रहेको महिला हिंसासंग सम्बन्धित विषयलाई लिएर नयाँ चलचित्र बन्ने भएको छ ।

raktpata

सामाजिक विषयवस्तु लाई लिएर चलचित्र ‘रक्तभोग’ निर्माण हुन लागेको हो । महिला हिंसा अन्तर्गत समाजमा व्याप्त बोक्सी प्रथा विरुद्ध चलचित्र ‘रक्तभोग’ निर्माण हुन लागेको  निर्माण पक्षले जनाएको छ । के। आर फिल्म्स एण्ड इन्टरटेन्मेन्ट ले विशुद्ध सामाजिक कथामा चलचित्र रक्तभोग निर्माण गर्न लागेको हो ।  यस चलचित्रमा नयाँ र पुराना गरी दुइ थरीका कलाकारहरुको अभिनय रहनेछ । समाजमा अन्धविश्वास र रुढीवादी संस्कारका रुपमा कायम रहेको बोक्सी प्रथा र महिलालाई बोक्सीको रुपमा हेरिने नजर र त्यसले समाजमा निम्त्याउने प्रभावका विषयमा चलचित्रको कथावस्तु केन्द्रित रहने छ ।  समाज तथा विश्वमा घटेका र पटक पटक घटिरहने विश्वको मुख्य हिंसाको रुपमा रहेको महिला हिंसालाई सम्बोधन गर्दै चलचित्र निमार्ण हुने भएको छ ।

समाजमा घटेका यर्थाथ घटनालाई जस्ताको तस्तै चलचित्रमा उर्तानको लागि घटनाका यथार्त पात्रहरु संग मिल्दो जुल्दो चरित्र खोज्न चलचित्र रक्तभोग युनिट अल नेपाल अडिसनको तयारीमा रहेको कुरा चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले बताए ।  चलचित्रको छांयाकन दशैको वरीपरी नै हुने कुरा निमार्ण पक्षले बताएको छ । चलचित्रका अर्का निर्माता रामचन्द्र लम्साल हुन् । निर्देशक र क्यामेरामेन को छनोट भने कलाकार अडिसन पछि मात्र तय हुने कुरा निर्माण पक्षले बताएको छ ।
निर्माण पक्षका अनुसार चलचित्र निर्माणमा कूल ५० लाख लगानी रहने छ ।