६ असोज, काठमाडौं ।

संसदीय सुनुवाइ विशेष समितिले ६ देशका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन गरेको छ । समितिले सोमबार कुवेत, थाइल्याण्ड, दक्षिण अफ्रिका, क्यानाडा, फ्रान्स र स्वीजरल्याण्डका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो ।

Miistry of Foreign Affairs Nepal

समितिले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेपछि ती देशमा राजदुत पठाउने मार्ग प्रसस्त भएको छ । मन्त्रीपरिषदले अघिल्लो महिना परराष्ट्र मन्त्रालयका ६ सहसचिवलाई विभिन्न देशको राजदूतकोरुपमा नियुक्तिको सिफारिश गरेको थियो ।

 

सोमबार समितिले कुवेतका लागि यज्ञबहादुर हमाल, थाइल्याण्डका लागि खगनाथ अधिकारी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत अमृत राईको नाम अनुमोदन गरेको हो ।

यस अघि शुक्रबार स्वीजरल्याण्डका लागि दिपक धिताल, क्यानाडाका लागि कालीप्रसाद पोखरेल र फ्रान्सका लागि अम्बिकादेवी लुईंटेलको नाम स्वीकृत गरेको थियो ।