हस्त रेखा विज्ञान भन्छ मान्छेको हातबाट धेरै कुरा थाहा हुन्छ उसको विगत, वर्तमान र भविष्यको विषयमा । हत्केलाको रंग हेरेर मात्र पनि मान्छेको बारेमा धेरै भन्न सकिने यो विज्ञानको दावी छ ।

palm color 4

हत्केलाको रंग ब्यक्ति अनुसार फरक फरक हुन्छ । कसैको हत्केला मधुरो हुन्छ भने कसैको उज्यालो । कसैको गुलावी त कसैको पहेँलो । कतिपय ब्यक्तिको हत्केलाको रंग रातो पनि हुन्छ । हस्तरेखा विदहरुका अनुसार हातका रेखा मात्र होइन हत्केलाको रंगबाट पनि मान्छेको भाग्य र चरित्र थाहा पाउन सकिन्छ । आउनुस् थाहा पाइराखौं हत्केलाको रंग कस्तो हुँदा कस्तो अर्थ लाग्छ ।

 

पहेँलो हत्केलाः

यदि कुनै पनि ब्यक्तिको हत्केलाको रंग पहेंलो छ भने यो शुभ मानिँदैन । पहेंलो रंगले ब्यक्तिको कमजोरी औंल्याउने बताइन्छ । यस्तो हत्केला हुने ब्यक्तिलाई अनेक प्रकारका रोग लाग्ने सम्भावना बढी हुन्छ ।

palm color

यदी कुनै स्त्रीका हत्केला पहेंला छन् भने यस्ता स्त्रीप्रति पुरुषहरु छिटो आकर्षित हुन्छन् । पुरुषका हत्केला पहेंला भए स्त्री बढी आकर्षित हुन्छन् ।

गहुँ गोरो रंगको हत्केलाः

जसको हत्केलाको रंग गहुँ गोरो हुन्छ यस्ता ब्यक्ति दरिद्र हुने सम्भावना बढि हुन्छ । धनको अभावमा यिनीहरु निराश पनि हुन्छन् । यस्ता ब्यक्तिले मेहनत गरेर पनि फल प्राप्त गर्न सक्दैनन् ।

palm color 2

हत्केलामा दाग धब्बा

हत्केलामा दाग धब्बा छ भने यस्ता ब्यक्ति नशामा लिन हुने र लागु औषध सेवन गर्ने सम्भावना हुन्छ ।

हल्का सेतो रंगको हत्केलाः
कुनै ब्यक्तिको हत्केला हल्का सेतो अर्थात गोरो तर चमक नभएको छ भने त्यस्ता ब्यक्तिमा उत्साहको कमी हुन्छ । यस्ता ब्यक्ति सामाजिक काममा जाँगर गर्दैनन् एक्लै बस्न मन पराउँछन् ।

 

चम्किला हत्केलाः

जस्को हत्केलाको रंग उज्यालो चम्किलो छ त्यस्ता ब्यक्तिको झुकाव आध्यात्मिका तर्फ हुन्छ । यस्ता हत्केला हुने ब्यक्तिसँग अनौठो शक्ति पनि हुन्छ । यिनीहरु शान्तिप्रिय पनि हुन्छन् ।

 

palm color 5
रातो रंगको हत्केलाः

जस्को हत्केलाको रंग रातो हुन्छ त्यस्ता ब्यक्ति धनी हुन्छन् । यिनीहरुले जीवनमा सुख भोग पनि गर्छन् । रातो हत्केला निक्कै शुभ मानिन्छ । उच्च स्तरका उद्योगी वा नेता हुने ब्यक्तिका हत्केला राता हुने हस्त रेखा विज्ञानको भनाइ छ ।

तर रातो रंगका हत्केला हुने ब्यक्ति भावुक र क्रोधी पनि हुन्छन् । साना साना कुरामा रिसाउने यिनीहरुको स्वभाव हुन्छ ।

 

गाढा गुलावीः

जस्को हत्केला गाढा गुलावी हुन्छ यस्ता ब्यक्तिको छिटो छिटो खुसी हुने र रिसाउने बानी हुन्छ । यिनीहरुको विचार पनि अस्थिर हुन्छ । आज भनेको कुरा भोलि बदल्न सक्छन् ।

 

हल्का गुलावीः

जस्को हत्केला हल्का गुलावी हुन्छ त्यस्ता ब्यक्तिको स्वभाव उच्च विचार गर्ने हुन्छ । घर परिवार र समाजमा समेत इज्जत प्रतिष्ठा कमाउँछन् यस्ता ब्यक्तिले । यिनीहरु सँधै प्रशन्न पनि रहन्छन् ।