संसारमा हरेक वर्ष विभिन्न प्रकारका क्यान्सरका लाखौँ रोगी देखिन्छन् र लाखौँ मानिसले क्यान्सरको कारण  ज्यान गुमाउनु परेको छ ।

cat

 

क्यान्सरको उपचारका लागि दिनरात प्रयत्न र धेरै खर्च भइरहेको छ । यसै क्रममा वैज्ञानिकले बिरालोको दिसामा पाइने परजीवी पनि क्यान्सरको औषधि हुने एक अध्यनले देखाएको छ । विशेष गरी बिरालो लगायत तातो रगत भएका कुनै पनि पशुको आन्द्रामा एक कोषीय परजीवी टक्सोप्लाज्मा गोन्डाई बस्छ तर बिरालोको आन्द्रामा यसले तुलनात्मक रुपमामा अनुकुल वातावरण पाउँछ । जर्मनीको हानोभरमा रहेको डर्टमाउथ कलेजअन्तर्गतको जेसल स्कुल अफ मेडिसिनका बार्बरा फक्स र डेभिड जे बेकको टोलीले टक्सोप्लाज्मा गोन्डाईमा हुने क्यान्सर विरोधी गुणको उपयोग गरी क्यान्सरको खोप बनाउने प्रयास गरेको छ ।

 

अनुसन्धान टोलीका अनुसार टक्सोप्लाज्मा गोन्डाईले मानव शरीरमा प्रवेश गरेपछि प्रतिउत्तरमा क्यान्सरसँग लड्ने साइटोटक्सिक टीलगायतका कोषहरु उत्पादन हुने गर्छन् । यसका लागि अनुसन्धान टोलीले टक्सोप्लाज्मा गोन्डाईको उत्परिवर्तित स्वरुप सीपीएस बनाएको छ । यस अवस्थाको टक्सोप्लाज्मा गोन्डाईलाई क्यान्सरको खोप बनाउँदा सुरक्षित हुने सो टोलीको भनाइ छ । अनुसन्धान टोलीले यसको प्रयोग मुसामा गरेका थिए । मुसामा सीपीएसको परिक्षण गरिँदा खतरनाक क्यान्सर मेलानोमा र डिम्बासयको क्यान्सरको उपचारमा यसको प्रयोग गरिँदा मुसामा बाँच्ने दर उच्च पाइएको थियो ।

 

 

यद्यपी बिरालो लगायतका तातो रत भएको प्राणीको दिशाको सिधा सम्पर्कबाट भने त्यहि टक्सोप्लाज्मा गोन्डाईले हामीलाई सङ्क्रमित गर्ने खतरा रहन्छ । टक्सोप्लाज्मा गोन्डाईका कारण टक्सोप्लाज्मोसिस रोग लाग्छ । यस रोगले रुघाखोकी जस्तो लक्षण देखाउनुका साथै मांसपेशी चिलाउने र दुख्ने गर्छ ।  कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा यस रोगले मस्तिष्क, आँखा वा अङगहरुमा क्षति पु¥याउने सम्भावना रहन्छ तर टक्सोप्लाज्मा गोन्डाईबाट सङ्क्रमित धेरै जसो मानिसले रोगको अनुभव गर्दैनन् ।