रक्तचाप घटबढ हुनु गम्भीर स्वास्थ्य समस्या हो । यसले जुनसुकै वेला बिरामीका संवेदनशील अंगमा आघात पार्ने भएकाले रक्तचाप सन्तुलनमा राख्ने खान्कीबारे जानकारी राख्नुपर्छ ।

bp-test-1024x700

मेथीको ताजा, हरियो सागमा स्वादअनुसार अदुवा र लसुन हालेर पकाई खानाले उच्च रक्तचापलाई सन्तुलनमा राख्छ ।


न्यून रक्तचाप भएका बिरामीले जटामसीको जराको काँडा बनाएर दिनमा तीन मिलिलिटरका दरले दुईपटक खानाले राम्रो हुन्छ ।


लिंडी पिपरको फल (दुई ग्राम) र अश्वगन्धाको जराको चुर्ण (तीन ग्राम) हरेक दिन बिहान मनतातो पानीसँग खाए निम्न रक्तचापका बिरामीलाई राम्रो गर्छ ।


उच्च रक्तचाप भएका मानिसले कटहरको तरकारी र पाकेको कटहर खानु राम्रो हुन्छ ।


पत्थरचुरको जराको चुर्ण महसँग मिलाएर खानाले उच्च रक्तचाप भएका मानिसलाई फाइदा गर्छ ।


कमलको फूल (तीनवटा)लाई तातो पानीमा डुबाउने र एकछिनपछि राम्रोसँग हातले माड्ने । त्यसपछि कपडाछान गरी स्वादअनुसार सख्खर मिलाएर हरेक दिन बिहान खानाले उच्च रक्तचापका बिरामीलाई राहत मिल्छ ।


हिंग सेवन गर्नु उच्च रुचापका बिरामीलाई लाभदायक मानिन्छ ।


दुईवटा लसुनका काँचो पोटी हरेक दिन सबेरै खाली पेटमा राम्रोसँग चपाएर खानाले रक्तचाप नियन्त्रणमा रहन्छ ।


प्याजले पनि उच्च रक्तचाप नियन्त्रण गर्छ । काँचो प्याज हरेक दिन भोजनसँग खानु लाभदायक हुन्छ । प्याजमा हुने क्वेरसेटिन रसायनले मुटुसम्बन्धी रोग भएका मानिसलाई पनि राम्रो गर्छ ।