के तपाई कुखुराको मासु धोएर पकाउनुहन्छ?

kukhurako masu

यदि यस्तो गर्नुहुन्छ भने आजै छोड्नुस । बैज्ञानिकहरुले कुखुराको मासु धोएर पकाउन नहुने भन्दै यसो नगर्न चेतावनी दिएका छन् । कुखुराको मासु धुँदा क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरिया फैलिने र यसले खानालाई विषाक्त बनाउने उनीहरुको भनाइ छ । द टेलिग्राफमा प्रकाशित रिपोर्ट अनुसार अधिकाँश कुकहरुले पकाउनु अघि कुखुराको मासु धुने गरेको तथ्याङक रहेको भन्दै यसो नगर्न चेतावनी दिएको हो । बैज्ञानिकहरुले वर्षेनी देखिने क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरिया मुख्यतः कुखुराको मासुबाट नै फैलिएको समेत बताएका छन् ।

 

यो क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरियाले पेट दुखाउने, झाडा पखाला, वान्त हुने लगायतका समस्या गराउने गर्छ । मानिसहरुले कुखुराको मासु किनिसकेपछी धोएर पकाउने कुरालाई दृष्टीगत गरेर यो चेतावनी जारी गरिएको शोधकर्ता बैज्ञानिकहरुले बताएका छन् ।