तिहार झिलीमिली बत्तिको पर्व हो । खासगरी परंपरागतरुपमा पालामा बत्ति बाल्ने चलन छ तिहारमा ।

स्कन्ध पुराणमा कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशी अर्थात धनतेरस (काग तिहार) मंगलबारको प्रदोश काल भनिने सँझमा यमराजको निम्ति बत्ति बाल्नु पर्ने र यसो गर्दा अकाल मृत्यु नहुने उल्लेख छ । दिपावली प्रदोशकालमा अर्थात साँझमै गर्नु पर्छ ।

rules of tihar light

कसरी बाल्ने वत्ति ? 

माटाको पालालाई सफा जलले सफा गर्ने अनि कपासको बत्ति तयार गर्ने । बत्तिका चारै मुख देखिने गरी बत्ति तयार गरेपछि कालो तिल चढाएर पुजा गर्ने । यसमा अन्य प्रसाद समेत चढाउन सकिन्छ ।

rules of tihar light 2

बत्ति बाल्दा पढिने मन्त्रः

मृत्युना पाशदण्डाभ्यां कालेन च मया सह।
त्रयोदश्यां दीपदनात् सूर्यज: प्रीयतामिति।।

नमस्कार गर्दै फुल प्रसाद चढाउने मन्त्रः

 

ऊं यमदेवाय नम:। नमस्कारं समर्पयामि।।

ऊं यमदेवाय नम:। नैवेद्यं निवेदयामि।।

ऊं यमदेवाय नम:। आचमनार्थे जलं समर्पयामि।

यमराजलाई बत्ति बालेपछि दक्षिण दिशामा नमस्कार गर्ने । यसो गर्दा यमराज प्रसन्न हुने र अकाल मृत्युको भय नहुने शास्त्रमा उल्लेख छ ।

rules of tihar light 1