विश्व ग्वोवलाइज्ड अर्थात भूमण्डलीकरणको चरममा छ । विश्वका एक कुनामा भएका कुरा अर्को कुनामा थाहा पाउन १ मिनेट पनि कुर्नु पर्दैन ।

विश्वव्यापीकरणसँगै विश्वमा विभिन्न भाषा सिक्नु पर्ने आवश्यकता पहिले भन्दा पनि बढ्दै गएको छ । यहाँ घरमै बसीबसी पैसा खर्च नगरी विदेशी भाषा सिक्ने ७ टिप्सको चर्चा गरिएको छ ।

girl studying

१ डर नमान्नुस्

यदि तपाइँलाई विदेशी भाषा बोल्दा हिच्किचाहट हुन्छ भने आजै देखि छोड्नुस् यस्तो बानी । तपाइँ भाषा नबोली सिक्न सक्नु हुन्न । गलत बोलेर अरुले मजाक बनाउलान भनेर नबोल्नेले कहिल्यै भाषा सिक्न सक्दैन । धक नमानी गल्ती भएपनि बोल्ने ब्यक्तिले नै नयाँ भाषा सिक्न सक्छ ।

२ अनलाइनमा भाषा पढ्नुस्

फेसबुक चलाएर वा अन्य गेम खेलेर अनलाइनमा समय विताउनुको साटो आफूले सिक्न चाहेको भाषामा ध्यान दिनुस् । पछिल्लो समय भाषाका अनेक अनेक अनलाइनहरु सञ्चालित छन् । यसले तपाइँलाई भाषा सिक्न मद्दत गर्छ ।

girl studying 1

३ श्रोता बन्नुस्

कुनै पनि भाषा सिक्नका लागि तपाइँ सबै भन्दा राम्रो श्रोता बन्न सक्नु पर्छ । जसले अरुले बोलेको राम्ररी सुन्छ उसैले नै राम्रोसँग अन्य भाषा सिक्न सक्छ । बोलेको नसुनी भाषा सिक्न कठिन हुन्छ । रेडियो, टिभी वा अनलाइन जहाँ भएपनि आफूले सिक्न चाहेको भाषा सुन्ने बानी बसाल्नुस् ।

४ सहज लिनुस्

मानिसहरु अन्य भाषा सिक्ने कुरा भयंकर ठान्छन् । खासमा भाषा भनेको बोल्दा बोल्दै सिकिने कुरा हो भन्ने कुरा मनन गर्न सक्यो भने भाषा सिकाइ भयंकर बनाइरहनु पर्दैन । भाषा बोल्दै जाँदा र लेख्दै जाँदा सिकिन्छ ।

५ फोनलाई ट्युटर बनाउनुस्

पछिल्लो समय अधिकाँश मानिससँग स्मार्टफोन हुन्छ । हामी आफ्नो स्मार्ट फोनलाई भाषा सिकाउने ट्युटर नै बनाउन सक्छौं । नयाँ शब्द र बोल्ने तरिका सिक्नका लागि मोबाइल फोन सबैभन्दा राम्रो ट्युटर हो ।

६ सिकाइ सँधै कायम गर्नुस्

भाषा भनेको निरन्तर सिक्दै जाँदा राम्रो हुँदै जाने चिज हो । भाषा सिक्दै हुनुहुन्छ भने नियमित अभ्यास गर्नुस् । साइकल चलाउँदा पाइडल चलाए जस्तै भाषा सिक्दा निरन्तर अभ्यास गरिरहनु पर्छ ।

७ आत्म विश्वास राख्नुस्

तपाइँ भाषा सिक्ने क्रममा शुरुमा गलत पनि बोल्न सक्नु हुन्छ । तर अरुले कस्तो भन्लान के भन्लान भनेर लाज मान्ने बानीले कहिल्यै पनि भाषा सिक्न सकिँदैन । ‘Fake it till you make it’ भन्ने अंग्रेजी उखान भुल्नु हुँदैन भाषा सिक्न चाहनेले ।