दैनिक २० मिनेट शारीरिक ब्यायाम गर्ने मानिसमा रुघा खोकीको संक्रमण कम हुने एक अध्ययनले देखाएको छ ।

byayam

लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनले ४ हजार ८ सय जनामा गरेको अनुसन्धानबाट यस्तो नतिजा देखिएको हो । अनुसन्धान धानकर्ताहरुका अनुसार एक हप्तामा साढे २ घण्टा ब्यायाम गर्दा रुघा खोकीको खतरा १० प्रतिशतले कम हुने गर्दछ ।

 

अनुसन्धानमा ६० प्रतिशतलाई दैनिक २० मिनेट ब्यायाम गर्दा रुघाखोकी १० प्रतिशतले कमी भएको थियो । शारीरिक ब्यायाम निरन्तर गर्नाले रुघा खोकी मात्र नभएर अन्य रोगको संक्रमण पनि कम हुने उनीहरुको भनाइ छ ।