१७ कात्तिक, बेइजिङ् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा चीन भ्रमणमा जान लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

उनी २२ औँ एसिया प्रशान्तक्षेत्र आर्थिक सहयोग समूह (एपीईसी) को बैठकमा भाग लिने सिलसीलामा चीनको भ्रमणमा जान लागेको बताइएको छ ।

obama-china
एपीईसी नोभेम्बर १० देखि १२ तारिखसम्म जारी रहने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता किन गाङ्गले सोमबार घोषणा गरेका हुन् ।

ओबामालाई चीन भ्रमणको लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ्गले निमन्त्रणा गरेको पनि किनले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।

किनकाअनुसार ती दुई नेताबीच दुई देशको द्वीपक्षीय हितका कुराकानीलगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूको विषयमा वार्ता हुनेछ ।

राष्ट्रपति सिले एपीईसीको अध्यक्षता गर्ने जनाइएको छ । त्यसैगरी उनले एपीईसीमा सहभागिता जनाउन आउनु भएका विश्वका आर्थिक नेताहरुसँग भेटवार्ता गर्ने पनि जानकारी दिइएको छ ।

रासस÷सिन्ह्वा