हामीले कहिले काँहि पानी परेका कारण वा बाहिर घाम नलाग्दा कोठमै चिसा कपडा झुण्ड्याउने गर्छौं । तर यस्तो गर्नु घातक रहेको तथ्य हालै गरिएको एक अध्यनले देखाएको छ ।

 

बेलायतको म्यानचेष्टर नेशनल एस्पेर्गिलोसिस सेन्टरका सोधकर्ताहरुले गरेको अध्ययन अनुसार चिसा कपडा घर भित्र सुकाउँदा त्यसबाट फोक्सोमा संक्रमण हुन सक्छ ।

 

शोधकर्ताहको दावी छ कि कपडा भित्र सुकाउँदा कोठाको आद्रता ३० प्रतिशतले वृद्धीहुन्छ र एर्स्पेगिलस फ्यूमिगेटस स्पोर्स नामक कीटाणु पैदा हुन्छ ।

clothes inside room

यस्तो किटाणुले तपाइँको फोक्सोमा संक्रमण गराउँछ । शोधकर्ता प्रोफेसर डेविड डेनिङका अनुसार ”कोठा भित्र वासिङ मेसिन राख्ने मानिसलाई यस्को खतरा सबै भन्दा बढी हुन्छ ।

एजेन्सी ।