THROAT-PAIN-IN-WINTER
 

  

  नुन हालेको मनतातो पानीले साँझ–बिहान गार्गेलिङ गर्नुपर्छ । यसले गलामा आराम मिल्छ ।


धूम्रपानबाट टाढै रहनुपर्छ । ज्यादा मसालेदार खाना खानुहुन्न । त्यसैगरी फ्रिजमा राखिएका वा अन्य कुनै पनि चिसो चिजको सेवन गर्नुहुँदैन ।


मनतातो पानी पिउनु फाइदाजनक हुन्छ । त्यसमा हलुका अदुवाको धुलो वा ताजा कागतीको रस मिलाउँदा अझ राम्रो हुन्छ ।


धुलो, धुवाँ र चिसोबाट बच्नुपर्छ । धुलो, धुवाँको समस्या हुने ठाउँमा राम्रो मास्कको प्रयोग गर्नुपर्छ ।


अदुवा, अलैँची र मरिच हालेको चियाले गलाको खसखसमा आराम मिल्छ । यसमा जीवाणुरोधक गुण हुने हुनाले समस्या समाधानमा सहयोग पुर्‍याउँछ ।


गलाको खसखस टन्सिल हुँदै गम्भीर समस्या बन्न सक्ने भएकाले अवस्था जटिल हुँदै गए चिकित्सकको सल्लाह लिनुपर्छ ।