विज्ञान प्रविधीले जीवनलाई सहज बनाउँदै लगेको छ । सामाजिक सञ्जाल तथा विभिन्न मोबाइल एपका कारण हरेक कुरा सहजिकरण भैरहेका छन् । चाहे लोडसेडिङको समय होस् वा पात्रो सबै कुरा मोबाइलमा एप डाउनलोड गरेपछि भेट्न सकिन्छ ।

kundali app

अव तपाइँले आफ्नो कुण्डली पनि मोबाइल एपबाटै बनाउन सक्नु हुन्छ । तपाइँलाई आफ्नो जन्मकुण्डली बनाउनु छ भने यो एप मोबाइलमा डाउनलोड गर्नुस् र विवरण दिएर कुण्डली बनाउनुस् ।

यो एपले एण्ड्रोइड भर्सनको मोबाइलमा मात्र काम गर्छ । भारतको Ojas Softech Pvt Ltd ले बनाइको AstroSage Kundli : Astrology नामको यो मोबाइल एपमा प्रयोगकर्ताले आफ्नो राशिफल मात्र होइन जन्मकुण्डली समेत बनाउन सक्छन् । दैनिक राशीफल, मासिक राशीफल र वार्षिक राशीफल दिइएको यो एपमा कुण्डली बनाउन र कुण्डली मिलाउन समेत सकिन्छ ।

kundali

विवाह गर्ने जोडीहरुको कुण्डली समेत यसमा मिलाउन सकिन्छ । यो एपमा पाञ्चाङ्ग, लाल किताब चार्ट र यूजर इन्टरफेस दिइएको छ । जो कसैले पनि मोबाइलमा यो एप डाउनलोड गरेपछि कुण्डली बनाउने देखि राशिफल र कुण्डली मिलाउन सक्ने सुविधा छ ।

गुगल प्लेमा उपलब्ध यो एप अहिले चर्चित भैसकेको छ । ५ मा ४ दशमलव २ स्टार पाएको यो एपको साइज केवल ४ दशमलव ७ एमबी छ ।

 

यो एप चलाउन मोबाइलमा एण्ड्रोइड भर्सनको (2.3 वर्सन) भएको अपरेटिङ सिस्टम चाहिन्छ ।

यो एपले घर परिवार, प्रेम सम्बन्ध, बाबु आमा र बच्चा बच्चीको समेत राशिफल उपलब्ध गराउँछ ।