एजेन्सी ।

रुस लोकप्रिय मदिरा भोड्काका लागि चर्चित देश हो । त्यहाँको अर्थतन्त्रमा भोड्काको ठूलो योगदान छ । रुस सबै भन्दा बढी भोड्का निर्यात गर्ने देश समेत हो । रुसको दवावमा परिरहेको अर्थतन्त्रमा भोड्काको पनि भूमिका देखिएको छ ।

भोड्काको भाउ एकाएक आकासिएपछि पुटिनले हस्तक्षेप नै गर्नु परेको छ । पुटिनले भोड्काको मूल्य नियन्त्रणका लागि अधिकारीहरुलाई हस्तक्षेप गर्न आदेश दिएका छन् ।

putin with vodka

भोड्काको भाउ बढेपछि मानिसहरुले अबैध र असुरक्षित मदिरा सेवन गर्न थालेको भन्दै पुटिनले यस्तो आदेश दिएका हुन् । केही समय अघि प्रकाशित एक तथ्याङ्कमा रुसमा पछिल्लो समयमा भैरहेको मृत्युमा अवैध मदिराका कारण मर्नेको संख्या उच्च देखिएको छ । रुस चिसो हुने देश भएका कारण त्यहाँ मदिराको खपत उच्च छ ।

अमेरिका र युरोपेली देशहरुले लगाएको आर्थिक नाकाबन्दीका कारण रुसी मुद्रा रुवलको भाउमा ब्यापक गिरावट आएको छ । पुटिनलाई अर्थतन्त्रमा नियन्त्रण कायम राख्न संघर्ष गर्नु परिरहेको छ ।

यसै क्रममा भोड्काले पनि पुटिनलाई पसिना छुटाएको टिप्पणी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो पनि हेर्नु्स् 

पुटिनले चिनियाँ प्रथम महिलालाई दोसल्ला ओडाएपछी हंगामा (तस्विर सहित)

भ्लादिमिर पुटिनसँग ५८ विमान, ७०० कार र २० दरवार (फोटो फिचर)

मोडल र खेलाडी पनि हुन् भ्लादिमिर पुटिन (फोटो फिचर)