२३ पुस, काठमाडौं ।

पटक पटक निर्देशन उलंघन गरेका दलहरुले भोलीसम्ममा संविधानसभाका अध्यक्षलाई संविधान निर्माण प्रकृया बारे जवाफ दिने भएका छन् । संविधानका विवादित विषयलाई कसरी अगाडि बढाउने भन्नेमा प्रमुख दलहरुले भोलिसम्म सभामुखलाई जवाफ दिने बताएका हुन् । संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङले बोलाएको बैठकमा पुगेका प्रमुख तीन दल र मधेसवादी दलका नेताहरुले भोलि बिहानसम्म विवादित विषयलाई प्रक्रिया कि फेरि सहमतिका लागि संवाद समितिमा पठाउने भन्ने विषयको निचोड दिने प्रतिवद्धता जनाएका हुन् । बैठककमा समामुखले नेताहरुसँग गम्भिर असन्तुष्टी पोखेका थिए । नेताहरुलाई झपार्ने शैलीमा सभामुखले सम्झाएको बताइएको छ ।

subas nembag 1

संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले छलफलमा उठेका विषयमध्ये उचित विकल्पसहित सभामुखलाई भोलि बिहानसम्म जवाफ दिने आफूहरुले भनेको पत्रकारलाई जानकारी दिए । उनले माघ ८ मा संविधान आउने भए आपूmहरु जुनसुकै विकल्पमा जान तयार रहेको बताए ।

बिहान बालुवाटारमा भारतको युपी पनि दावी गर्ने होला भन्ने प्रसंगमा मधेसवादी दलका नेताले गलत बुझेको ओलीले बानेश्वर पुगेर स्पष्टिकरण दिए । उनले भने, ‘आफूले ठट्टा गरेर सम्मजति सबै हाम्रो भन्ने भ्रम पालेर बिहार र उत्तर प्रदेशमा पनि जानुहोला भनेको थिएँ । उहाँहरु रिसाउनुभयो । र जुरुक्कै उठ्नुभयो ।’ ओलीले आफूलाई मधेसवादी दलले मधेस विरोधी भनेर गलत आरोप लगाएको समेत बताए ।

मधेसी मोर्चाका नेता विजय गच्छदारले भने दुई÷तीन दिनभित्र विवादित विषयमा सहमति गरेर आउने कुरा सभामुखसँग गरेको जानकारी दिए । यसअघि सभामुख नेम्वाङले सहमतिका लागि दलहरुलाई दिएको समयसीमा पटक पटक उल्लंघन हुँदै आएको छ । त्यसैले भोली के हुन्छ थाहा छैन । छलफलमा नेम्वाङले संविधानसभामा राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवदेनमाथि सभासद्ले बोल्ने क्रम सकिन लागेको भन्दै अव के गर्ने हो भनेर जिज्ञासा राखेका थिए ।

ओलीले भने, ‘सभासदहरुले बोल्ने क्रम सकिन लागेकाले अबको प्रक्रिया के हुन्छ भनेर सभाध्यक्षले छलफल गर्न बोलाउनुभएको थियो ।’