२७ पुस, काठमाडौ । 

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको आजको बैठकमा समितिका सभापति डा बाबुराम भट्टराईले नयाँ संविधानका विवादित विषय सुल्झाउन भएका प्रयासबारे जानकारी गराए ।

बैठकमा सभापति भट्टराईले प्रतावित नयाँ संविधानका अन्तरवस्तुमा देखिएको विवादलाई सकारात्मक रुपमा लैजाने क्रममा शीर्ष नेताहरुबीच हालसम्म भएका वार्ताले सहमतिका लागि आशा जगाएको जानकारी गराएका थिए ।

Baburam Bhattarai  red sall

बैठकपछि सभापति डा भट्टराईले हालसम्म भएको औपचारिक/अनौपचारिक वार्ताको विघटन र प्रगतिबारे बैठकलाई जानकारी गराएको बताए ।

उनका अनुसार समितिको अर्को बैठक भोलि दिनको ३ बजे बस्ने छ । रासस