२७ पुस, परासी । 

संयुक्त मधेसी थरुहट मोर्चा नवलपरासीले पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधानका लागि आन्दोलन गर्ने बताएको छ ।

आन्दोलन शान्तिपूर्ण हुने र यसले आफूहरुको पक्षमा संविधान जारी गर्न दलहरुलाई दबाब पुग्ने अपेक्षा मोर्चाले गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै मोर्चाका संयोजक मुकरजी गिरीले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन सबैसँग आग्रह गरेका छन ।

यसैबीच, सभासद् वैजनाथ चौधरीले आज थारु कल्याणकारी सभा नवलपरासीको आयोजनामा माघी पर्व (खिचडी) का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा थारुहरुको हकअधिकार स्थापनाका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले संविधान सामाजिक र राजनीतिक दस्तावेज भएकाले यसमा राजनीति र समाज दुवैको कुरा समेटिनुपर्ने बताए । कार्यक्रममा पूर्व सांसद त्रियुगीनारायण चौधरी, पूर्व शिक्षा राज्यमन्त्री गोविन्द चौधरी, थारु कल्याणकारी सभाका केन्द्रीय सदस्यहरु इन्द्र महतो र देवीप्रसाद चौधरीलगायतले अब बन्ने संविधानमा थारुहरुको हकअधिकार सुनिश्चित गर्न माग गरेका थिए । रासस