पछिल्लो समयमा अधिकाँश मानिसको भुँडी बढेर तनावमा हुन्छन् । मानिसहरुको खाने र अन्य ब्यवहार बदलिएका कारण यस्तो समस्या विश्वभरी नै देखिएको छ । नेपालमा यो समस्या बढ्दै गएको छ ।

obesity 1

यहाँ भुँडीबाट छुट्कारा पाउनका लागि अपनाउन सकिने ७ तरिकाबारे चर्चा गरिएको छ ।

१ खाना खाएपछि तत्काल पानि नपिउनुस् । खाना खाएको कम्तिमा पनि १ डेढ घण्टामा मात्र पानि पिउनुस् ।

२ खाना खाँदा सँधै भोक भन्दा कम खानुस् । अलि अलि थपौं लाग्दा लाग्दै छोड्नुस् ।

३ खानामा तैलीय पदार्थ र गुलियो कम खानुस् बरु साग सब्जीमा बढी जोड गर्नुस् ।

४ खानामा भात र आलु एवं घिउको मात्रा सके सम्म कम गर्नुस् ।

५ विहान उठ्ने वित्तिकै खाली पेटमा हल्का मनतातो पानीमा एक चम्चा मह र कागती हालेर पिउनुस् ।

६ खाना खाँदा सँधै विस्तारै चपाएर मात्र खाने गर्नुस्

७ दिनभरीमा कमसेकम १२ देखि १३ गिलास पानी पिउनुस् । सातामा एक दिन केवल तरल पदार्थको मात्र सेवन गर्नुस् ।

 

यो पनि हेर्नुस् 

भुँडी बढेर दिक्क पार्‍यो ? पिर नगर्नुस्