मानिसमा विपरित लिङ्गीप्रतिको आकर्षण सामान्य विषय हो । तर सबै ब्यक्तिमा समान ढंगको आकर्षण हुँदैन । कतिपय ब्यक्तिमा यो आकर्षण यति बिघ्न हुन्छ कि उनीहरु मर्यादाको रेखा पार गर्न समेत तयार हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव भंबराको जस्तो हुन्छ सुन्दर फूल खोज्दै हिँड्ने र भेटेपछी रस लिइहाल्ने ।

husband-wife

विपरित लिङ्गीप्रति आकर्षण बढी मात्रामा हुने पुरुषहरु एक स्त्रीप्रति इमान्दार रहन सक्दैनन् । र यसै कारण उनीहरुको प्रेमिका वा श्रीमतीसँग समस्या भैरहने हुन्छ ।

ज्योतिषशास्त्रका अनुसार व्यक्तिको स्वभाव उनीहरुको कुण्डलीमा अवस्थित ग्रहको अवस्थाले निर्धारण गर्छ ।

जुन ब्यक्तिको कुण्डलीमा शनि र शुक्र एक साथ एक घरमा हुन्छन् उनीहरुको बैबाहिक जीवनमा कलह हुने सम्भावना बढी हुने ज्योतिषहरुको भनाइ छ ।

यस्तो ग्रह स्थिती हुने ब्यक्तिको परस्त्रीहरुप्रति झुकाब बढी हुन्छ र उनीहरु एकै पटक बहुसम्बन्धमा रहने हुन्छन् ।

यस्तो ग्रह हुनेहरु सुन्दरस्त्रीको खोजीमा भौतारिन्छन् । कतिपय ब्यक्ति यस्ता हुन्छन् जो आफू त्यति आकर्षक नभएपनि सुन्दर सुन्दर स्त्रीहरुसँग उनीहरुको अफेयर चलिरहेको हुन्छ । यदि यस्ता ब्यक्ति तपाइँले पनि देख्नु भएको छ भने बुझ्नुस् उनीहरुको कुण्डलीमा पर्वत योग छ ।

प्रथम चौथो र सातौं तथा दशौं स्थानमा शुभग्रहको बास भएमा यस्तो योग बन्ने ज्योतिष शास्त्रको भनाइ छ ।

यस्ता ग्रहले चतुर र कामुकः

त्यसैगरी कुनै ब्यक्तिको कुण्डलीमा चन्द्रमा बसेको स्थानमा भन्दा अघिल्लो घरमा शुक्र बसेको छ भने सुनाफा योग हुनेछ । यस्ता ब्यक्ति चतुर हुने र भौतिक सुख सुविधा जुटाउन सक्ने हुन्छन् । यिनीहरुमा यौन चाहाना पनि अत्याधिक हुन्छ ।

men with beautis1

यस्ता ब्यक्तिको यौन भावनामाथि नियन्त्रण हुँदैनः

यौन चाहाना सबैमा हुने भएपनि कतिपय ब्यक्तिले यसलाई नियन्त्रण गर्न नसक्दा सामाजिक मर्यादा संकटमा परेको तपाइँ हामीले देखेकै छौं । तर यसो हुनुमा पनि कुण्डलीको अवस्था नै जिम्मेवार हुने ज्योतिष शास्त्रीको भनाइ छ ।

men with beauty spcl

मंगल, राहु, शनिर केतु पाप ग्रहहरु कुण्डलीको पहिलो घरमा बसेका ब्यक्तिलाई यो समस्या परिरहन्छ ।

यो पनि हेर्नुस् 

यस्ता पुरुषप्रति छिटो आकर्षित हुन्छन् महिला

यस्ता पुरुषलाई हुन्छ वीर्यको समस्या