एजेन्सी ।

बुढो हुन लागियो भनेर चिन्ता लागिरहेको छ ? तपाइँका लागि खुसीको खवर छ । अव बैज्ञानिकहरुले यस्तो औषधी पत्ता लगाएका छन् जुन सेवन गरेपछि बुढो हुनु पर्दैन । बैज्ञानिकहरुले मान्छेलाई सँधै जवान राख्ने औषधी पत्ता लगाएको दावी गरेका छन् ।

यो औषधीले बढीरहेको उमेरको प्रभाव शरीरमा पर्न नदिने र मानिसलाई लामो समय सम्म जवान राख्ने दावी शोधकर्ताहरुले गरेका छन् ।

खासगरी मुटुको समस्या समाधान गर्ने यो औषधीले मानिसलाई जवान रहनका लागि मद्धत गर्ने छ । स्क्रिप्स रिसर्च इन्स्टीट्यूट र मेयो क्लिनिकका शोधकर्ता बैज्ञानिकहरुले ′सेनोलाइटिक्स′ नामको औषधी पत्ता लगाएका हुन् । उमेरका कारण रोगी हुँदै गएका मानिसलाई यस्ता रोगबाट बचाउँन समेत यो औषधी उपयोगी हुन सक्ने छ ।

anti aging pill 1

बैजानिकहरुका अनुसार यो औषधीले मानिसलाई बुढो हुनबाट रोक्ने छ । शरीरका कोषिकाहरुलाई जिवित र सक्रिय राखेर मानिसलाई जवान राख्ने तत्व यो औषधीमा रहेको बताइएको छ ।

बैज्ञानिकहरुले परीक्षणबाट पुष्टी भैसकेको यो औषधी अव बजारमा पठाउन सकिने समेत बताएका छन् । बेलायतको न्यू क्यासल विश्वविद्यालयका प्राध्यापक टमस भोन ग्लीनिकीले बैसैमा बुढा देखिने ब्यक्तिका लागि यो औषधी सहायक हुने बताए ।

क्रोनिक इन्फ्लामेसनका कारण मानिसहरु उमेर भन्दा छिटो बुढो देखिन थालेको र त्यसको निवारणका लागि यो परीक्षण गरिएको उनको भनाइ छ ।

medicine 1

यो परीक्षणको सफलताले मानिसहरुलाई बुढो हुन रोक्न सकिनेमा आफूहरु विश्वस्त रहेको शोधकर्ताहरुले बताएका छन् ।

 

यो पनि हेर्नुस् 

मान्छेलाई बुढो हुन नदिने औषधी आयो

उमेरभन्दा ७ वर्ष जवान बन्न सेक्स कसरी महत्वपूर्ण ?

सँधै जवान रहने ५ शुत्र

विहानको सहबासले छिटो बुढो भइन्छः गरुड पुराण