६ भदौ, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण सद्भाव भ्रमणको रुपमा हुनु पर्ने सुझाव परराष्ट्रविद्धहरुले दिएका छन ।

काठमाडौंमा भएको कार्यक्रममा प्रबुद्ध समूहमा नेपाली पक्षको संयोजकसमेत रहेका डा. भेषबहादुर थापाले प्रधानमन्त्रीको भारत भ्रमण सद्भाव भ्रमणको रुपमा रहनु पर्ने भन्दै दुई मुलुका शिर्ष नेतृत्वबीच सद्भावपूर्ण सम्बन्ध भए बाँकी विषयहरु आफै राम्रो र घनिष्ठ बन्ने विश्वास ब्यक्त गरे ।

थापाले प्रधानमन्त्रीको भ्रमणमा नयाँ विषय ल्याउनुभन्दा पनि अहिलेसम्म भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिनु पर्ने भन्दै भ्रमणले सहमति कार्यान्वयनमा सकारात्मक बातावरण निर्माण गर्ने बताए ।

उहाले अप्ठ्यारो परिस्थितिमा नेपालले दुई छिमेकी बीचको समस्या कुटनीतिक तहमा छलफल गरे र समाधान गर्नु पर्नेमा जोड दिनु पर्ने धारणा राख्नुभयो ।

भारतका लागि पूर्व नेपाली राजदुत दुर्गेसमान सिंहले नेपाल र भारत बीचको सम्बन्ध सद्भाव र विश्वासको आधारमा हुनुपर्ने बताए ।