do-not-eatखाना खान कस्लाई मन पर्दैन र ? सबै खानाका सौखिन हुन्छन् । शौखको कुरा मात्र कहाँ हो र, हामीलाई जिउनकै लागि पनि खाना चाहिन्छ । हाम्रो जीवननै खानामा आधारित छ । हामी रूखबाट वा फ्रिजबाट झिकेर स्याउ, आलु बखडा, सुपर मार्केटमा गएर जंगली बदाम सहजै खान्छौं ।

 

तर, हामीले दैनिक जीवनमा खाने यी खानेकुरा तपाइँले सोंचे भन्दा निकै घातक हुने तथ्य पत्ता लागेको छ । हामीले दैनिक जीवनमा सहजै प्रयोग गर्ने निम्न ५ खानेकुरा जो निकै घातक समेत हुन्छन्ः

 

आलुबखडा, पैयुँ, अंगुर जस्ता फलः देख्दै खाउँ खाउँ लाग्ने रातो रंगको आलु बखडा वा पैयुँ हामीले फ्रिजबाट झिकेर खाइहाल्छौं । तर, ख्याल गर्नुस् ती मृत्युको कारण पनि बन्न सक्छन् । खासमा फलको गुदी र बाहिरी भाग राम्रो भएपनि यिनको भित्री भागमा हुने बियाँ हाइड्रोजन साइनाइडले भरिएको हुन्छ । यस्ता फलको बियाँ खाँदा टाउको दुख्ने, झुम्म पार्ने, असहज महसुस हुने र वान्ता हुने सम्मका लक्षण देखिन्छन् । त्यसकारण स्वास्थ्यमा हुन सक्ने खतरा कम गर्न यी फलका बियाँ नखानुस् । तपाइँले बियाँ नचपाई निल्नु भो भनेपनि भित्र गएर नपच्ने हुँदा अर्को समस्या हुन सक्छ ।

स्याउः स्याउ पनि त्यस्तो खानेकुरा हो जसको प्रयोग हामी दैनिकरूपमै अत्याधिक गर्छौं तर उत्तिकै घातक छ । एउटा मात्र स्याउको बियाँ अर्थात बिऊ खाँदा त खास असर पर्दैन तर यसको मात्रा पनि धेरै भयो भने तपाइँलाई असहज हुन थाल्छ । यो फलको बिऊमा पनि साइनाड हुन्छ । जब हाम्रो शरीरले स्याउको बियाँ पचाउने कोशिस गर्छ त्यतिबेला हाइड्रोजन साइनाइडको उत्पादन अत्याधिक हुन्छ । थोरै मात्रामा यसलाई शरीरले पचाउन सकेपनि मात्रा बढी भयो भने घातक हुन सक्छ ।

जंगली बदामः हामीले खाने मिठा बदाम पनि तपाइँका लागि खतराको कारक बन्न सक्छ । खासगरी जगंली बदाममा ४ देखि ९ एमजी सम्मको हाइड्रोजन साइनाइड हुन्छ । जसको मात्रा बढी हुने बित्तीकै मान्छे मर्नका लागि पर्याप्त हुन्छ । थोरै मात्राले पनि तपाइँको स्वास्थ्यमा असर गर्छ ।

गोलभेँडाः नआत्तिनुस् गोलभेँडा पनि विषाक्त भनेर मासुमा टोमेटो सस नै मिलाउन छोड्नु पर्दैन । गोलभेँडा आफैमा राम्रो चिज हो । तर गोलभेँडाको बोटसँग भने तपाइँ डराउनै पर्ने हुन्छ । गोलभेँडाको पातमा टोमेटाइन भन्ने विष हुन्छ । तपाइँले कहिल्यै यसको पात चाख्नु भएको छ भने थाहा पाउनु भएको होला यसले मुखको पछिल्लो भागमा पुरै आगोले जस्तो पोल्न शुरू गर्छ । त्यसैले गोलभेँडाको बोट र पातबाट सचेत रहनु पर्छ ।

सागपातजन्य खानेकुराः हामीले नियमित खाने पातमा आधारित सागपातजन्य तरकारीहरू पनि डरलाग्दा हुन्छन् । खासगरी निक्कै मिठो हुने र काँचै पनि खान मिल्ने कतिपय तरकारीका पातमा ओक्सालिक एसिड भन्ने विष जमेको हुन सक्छ । दोश्रो विश्वयुद्धपछि यस्ता तरकारीका पात खाएर थुप्रै मान्छेले ज्यान गुमाएका थिए ।

तसर्थ दैनिक जीवनमा प्रयोग हुने यी खाना खाँदा ध्यान पुर्याउनु जरुरी छ ।