sex in bedनियमित रूपमा सेक्स गर्ने गर्दा मानिसको शरिरमा कयौ थरिका भाइरससँग लड्ने क्षमताको विकास हुन्छ । केहि समयअघि गरिएको सोधमा यो कुरा पत्ता लागेको छ की सेक्स अर्थात् यौनक्रियाले शरिरमा संक्रमण फैलिन नदिने निष्कर्ष निकालेको छ । सेक्स गर्नुले मात्र नभई प्रेमी-प्रेमीकाले एक अर्कासँग अंगालो मार्नुले पनि केहि रोगहरूसँग लड्न सहज हुने बताइन्छ ।

 

यस्तै, यदी तपाई फिट रहन चाहनुहुन्छ र बिना मेहेनत दैनिक रूपमा क्यालोरी घटाउन चाहनुहुन्छ भने पनि सेक्स एउटा माध्यम हुन सक्छ । सेक्सले शरिरको क्यालोरी घटाउन मद्धत गर्छ । यस्तै अन्य विभिन्न रोगमा समेत नियमित सेक्सले फाइदा पुर्याउँछ ।

 

शरिरमा क्यालोरीको मात्रामा कमी हुँदा शरिर स्वस्थ र तन्दुरूस्त राख्न मद्धत पुग्छ साथै केहि बिमारीहरूबाट समेत जोगिन सकिन्छ । तर, धेरै कम मानिसलाई मात्र थाहा हुन सक्छ, मात्र सेक्सले नभई सेक्स भन्दा अगाडिका केही कार्यले पनि शरिरको क्यालोरी घटाउन मद्धत गर्छ । वुमेन्स अनलाइनले यस्ता केही कामहरूको सूची तयार गरेको छ, जसले सहजै क्यालोरी घटाउन मद्धत गर्छ ।

 

यस्ता केही कार्यहरूका बारेमा थाहा पाऔ जसले क्यालोरी घटाउन मद्धत गर्छ ।

– सेक्स अगाडि किसः किस गर्नुले प्रेम दर्शाउने मात्र नभई क्यालोरी कम गर्ने राम्रो उपाय पनि हो । सेक्सका क्रममा किस गर्नुले निकै फाइदा पुर्याउँछ । एक सोधका अनुसार हरेक घण्टा किस गर्नाले ६८ क्यालोरी कम गर्न सकिन्छ । 

 

– सेक्स पार्टनरको लुगा खोलिदिनेः यो कुरा सुनेर अचम्म लाग्ला कि सेक्स भन्दा अगाडि सेक्स पार्टनरको लुगा खोलिदिँदा पनि क्यालोरी कम गर्न सकिन्छ । इटालीमा गरिएको सोधका अनुसार पार्टनरको कपडा खोल्ने क्रममा ८ देखि १० क्यालोरी घट्ने गर्छ । यति मात्र नभई सोधमा पुरूषले महिला पार्टनेरको ब्राको मुखले खोल्यो भने करिब ८० प्रतिशत क्यालोरी नष्ट हुन्छ ।

 

– मजासः सेक्सका क्रममा सेक्स पार्टनरको मसाज गरिदिँदा पनि क्यालोरी घटाउन सकिन्छ । हरेक घण्टा पार्टनरको मसाज गरेर तपाईले ८० क्यालोरी कम गर्न सक्नुहुन्छ । मसाज गर्दा पार्टनरलाई पनि राम्रो लाग्छ भने तपाईलाई पनि फाइदा हुन्छ । साथमा आफ्नो पार्टनरको मांशपेशी पनि मजबुत हुन्छ ।

 

– सेक्स एक्टिभिटीः सेक्स एक्टिभिटीले पनि तपाइको शरिरको क्यालोरी कम गर्न मद्धत गर्छ । एक पटक सेक्स गर्दा करिब १ सय ४४ क्यालोरी कम गर्न सकिन्छ । विज्ञहरूका अनुसार सेक्सलाई क्यालोरी कम गर्ने व्यायामका रूपमा लिन सकिन्छ । यदी लगातार ३० मिनेटसम्म अलग-अलग पोजिशनमा सेक्स गर्दा १ सय ४४ क्यालोरी नष्ट हुन्छ ।

 

– ओरल सेक्सः ओरल सेक्सले उत्तेजित गर्नका लागि मद्धत गर्छ । सेक्स अगाडि गरिने ओरल सेक्सले करिब १ सय क्यालोरी घटाउन मद्धत गर्छ ।

 

– हातको प्रयोगः सेक्सका क्रममा हातको प्रयोग गर्नु निकै फाइदा जनक हुन्छ । सेक्सका क्रममा हातको प्रयोग गर्दा करिब ५० देखी १ सय क्यालोरीसम्म नष्ट गर्न सकिन्छ ।

 

– रोमान्टिक नृत्यः यदी आफ्नो पार्टनरसँग रोमान्टिक डान्स गर्नुहुन्छ भने यसले सेक्स जीवनमा रोमान्चकता थप्ने गर्छ । यसले तपाइको शरिरको क्यालोरी पनि नष्ट गर्न मद्धत गर्छ । यस्तो नृत्यले तपाइको शरिरको करिब १ सय ३ क्यालोरी नष्ट हुन्छ ।

 

– ओछ्यानमा लडीबुढीः सेक्सका क्रममा ओछ्यानमा एक-अर्कासँग टासिएर लडिबुढी गर्दा पनि क्यालोरी घट्छ । यसरी लडिबुढी गर्दै गर्दा करिब २ सय क्यालोरी घटाउन मद्धत गर्छ ।