२३ कात्तिक, दाङ ।

सामान्य प्रशासन मन्त्री रेखा शर्माले भारतले गरेको नाकाबन्दीमा भारतसँग कुनै सम्झौता नगर्ने बरु दाउरा बालेर बस्न तयार भएको बताएकी छन ।

एकीकृत नेकपा (माओवादी) ले दाङको भालुवाङमा आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा मन्त्री शर्माले भारतले गरेको नाकाबन्दीको सामना गर्न तयार रहेको तर झुकेर कुनै सम्झौता नगर्ने बताइन् ।

Rekha Sharma Minister

“नेपालको आन्तरिक मामिलामा मधेसवादी दललाई उचालेर नाकाबन्दीदेखि उच्छृङ्खल आन्दोलन गराउन भारतले गरेको रवैया आपत्तिजनक छ”, मन्त्री शर्माले भनिन् । एक फरक प्रसङ्गमा उनले प्रदेश नं ५ को राजधानी दाङ नै बनाउँदा उपयुक्त हुने धारणा पनि व्यक्त गरिन् ।