angry-personमानिस आफ्नो खराब बानी बदल्न सकेसम्म प्रयासरत रहन्छ । यी बानी हटाउन सकिँदैन भन्ने पनि हुँदैन । तर यदी तपाई आफ्नो खराब बानीलाई हटाउन नसकेर थकित हुनु भएको छ भने यी ती खराब बानीका पनि केही फाइदा हुन्छन् भन्ने जान्दा सायद तपाईको मनमा सन्तोष पक्कै पनि हुन्छ । केही यस्ता खराब बानीहरु छन् जुन स्वास्थ्यका लागि फाइदा जनक नै हुन्छ र तीनलाई तपाईले छोड्न सक्नु भएन भने पनि खासै फरक भने पर्ने छैन् ।

 

१. गाली गर्ने बानी: रिस उठेको बेला कसैलाई गाली गर्नु कुनै राम्रो काम त होइन तर तपाईको दु:ख र दु:खलाई कम गर्नका लागि पक्कै पनि यसले फाइदा गर्छ । न्युरो रिपोर्ट जर्नलमा प्रकाशित सोधका अनुसार गाली गर्ने क्रममा शरिरमा फाइट र फ्लाइट रेस्पोन्स बढ्ने गर्छ, जसले तपाईको दु:ख सहने क्षमतामा बृद्धी हुन्छ । 

 

२. बियर पिउनु: धेरै बियर पिउने बानी अवस्य पनि राम्रो होइन र तपाईले चाहेर पनि छोड्न सकिरहनु भएको छैन् । तर, नआत्तिनुस् बियरले बेफाइदा मात्र होइन फाइदा पनि गर्छ । बियरको सेवनले मुटुको रोगको खतरा कम हुन्छ । युरोपियन जर्नल अफ एपिडेमोलाजीमा प्रकाशित सोधका अनुसार थोरै मात्रामा बियरको सेवन गर्दा मुटु रोगको खतरा ३१ प्रतिशतले कम गर्न सक्छ । 

 

३. नकारात्मक सोच: नकारात्मक सोचले तनाव र चिन्ता बढी दिन्छ भन्ने हाम्रो सोचाई छ । तर, पिएलओएस जर्नलमा प्रकाशित शोधका अनुसार जुन मानिसहरू आफ्नो नकारात्नक भावनालाई गम्भिरताका साथ लिने गर्छन् र व्यक्त गर्ने गर्छन्, उनीहरूभावनात्मक रूपबाट अधिक मजबुत हुन्छन् र आफ्नो हेरविचार सही तरिकाले गर्न सक्छन् । 

 

४. ठट्टा बढी गर्ने: ठट्टा अर्थात् गसिप गर्ने बानीले तपाईको आफ्नो व्यक्तित्व निकै हल्का गर्ने गर्छ र कामलाई समेत प्रभावित गर्ने गर्छ । तर, यसको पनि एउटा फाइदा छ । सोशल साइकोलोजीकल एण्ड पर्सोनालिटि साइन्स जर्नलमा प्रकाशित शोधले जनाए अनुसार अधिक गसिप गर्ने मानिस धेरै सामाजिक हुन्छन् र उनीहरूको सामाजिक रूपमा काम गर्न सफल रहन्छन् । 

 

५. चुइगम चबाउने: हरेक समय चुइगम चवाउने मानिसलाई शिष्टाचार नभएको मानिसको रुपमा समेत लिइने खतरा हुन्छ । एपेटाइट जर्नलमा प्रकाशित सोध अनुसार चुइगम चवाउने मानिसको दिमाग निकै तेजसँग प्रतिक्रिया दिने गर्छ । धेरै सोधहरुमा चुइगम चवाउनुले दिमागलाई निकै राम्रो व्यायाम समेत गराउँछ ।