bhuvan KCपुष, काठमाडौ । समानुपातिक सभासदमा नपरेपछी अमिलो मन बनाएका भुवन केसीले अपेक्षा विपरित एमाले पार्टी नछोड्ने बताएका छन् । यसअघी उनले एमाले पार्टी छोड्न लागेको चर्चा थियो । उनले केही बेर अघि पत्रकार सम्मेलन गर्दै सभाषद नपाए पनि खुसी रहेको बताए । उनले आफू एमालेमै रहने पनि बताए ।

पत्रकार सम्मलेनमा उनले अर्को पनि घोषणा गरेका छन् । उनले भने, ‘अब आइन्दा कुनै लाभका पद लिन्न ।’ संविधानसभाको निर्वाचन अघि एक पटक झण्डै राप्रपा नेपाल छिरेका केसीले भने’, पदका लागि होइन, विचारले एमाले भएको हुँ ।’

आज एकाएक उनले पत्रकार सम्मलेन गर्ने र उनी समानुपातिक सभासद छनौटमा बेखुसी रहेको समाचार आएपछी उनले एमाले छाड्ने चर्चा चलेको थियो ।

केसीले पहिले एमालेबाट प्रत्यक्षतर्फको टिकट मागेका थिए, उनले एक दिनको लागी एमालेको प्रत्यक्षको टिकट पाएका पनि थिए । उनलाई उम्मेदवार बनाउँदा पार्टीमा विवाद बल्झिएपछि उनलाई समानुपातिकमा राखेर फकाइएको थियो ।

त्यसपछि केसी प्रमुख नेताहरूको चुनाव प्रचारमा खटिएका थिए । उनी माधव नेपालको नजिक रहेको अनुमान गरिएको थियो । त्यसकै आधारमा उनले समानुपातिक सभासदमा पर्ने निश्चित मानिएको थियो तर अस्ति मध्यरातका एमालेले सार्वजनिक गरेको सूचीमा नाम नपरेपछि उनी रिसले आगो भएको बताइन्छ ।