bhuwan kc b1१३ पुस,काठमाडौ ।निकै सकस गरेर नायक भुवन केसी एमालेको समानुपातिक सुचिमा परेका थिए। त्यसअघि उनले एमालेसंग प्रत्यक्षमै टिकट मागेका थिए। उनलाई प्रत्यक्षमा टिकट दिँदा स्थानिय स्तरका नेता कार्यकर्ता क्रुद्ध भएपछि पार्टी त्यसमा अड्न सकेन् । तर उनि पार्टीको एक दिनको प्रत्यक्ष उम्मेदवार बन्न भ्याएका थिए।

 

माधव नेपालको नजिक मानिएको केसी समानुपातिकबाट सभासद बन्ने आसमा पार्टीको प्रचारमै पनि खुव दौडधुप गर्दै देखिएका थिए। संविधानसभाको नतिजापछी पनि नेता नेपालसंग उनलाई कयौं पटक सार्वजनिक कार्यक्रममा देखिएको छ।

 

माधव नेपालसंगको सम्वन्धका कारण उनि सभासद बन्ने पक्का जस्तै भएको एमाले वृतमा चर्चा थियो।
तर एमालेले शुक्रवार राती तयार पारेको सभासदको अन्तिम सुचिमा भने नायक केसी अटाउन सकेनन् । चुनाव अघि उनि राप्रपा नेपाल छिर्ने समेत चर्चा चलेको थियो ।

 

आफुलाइ सभासदमा नपारिएको प्रति भुवन केसीले प्रतिक्रिया दिइ सकेका छैनन्। तर उनि नायीका रेखा थापा झैं जोकर भने सावित भएकी छन्। रेखा थापा पनि एमाओवादीबाट मतदाता नामावलीमा नाम छूटेको भन्दै उम्मेदवार बन्नबाट वञ्चित भएकी थिइन् ।

 

हाल नायीका थापा भने समाजसेवातिर लागेर चर्चामा छिन्।