cat with good luckहामीले बिरालोले बाटो काट्यो भने त्यो अशूभ भयो भन्दै दुःख मनाऊ गर्छौ र बिरालोले बाटो काटेको देखेपछि हामी जहाँको त्यही अडिन्छौ जबसम्म अन्य मानिसले त्यो बाटो काट्दैन तबसम्म हामीले त्यो बाटो काट्दैन । अन्य मानिसले बाटो काटिसकेपछी मात्र हामी त्यो बाटो आफ्नो गन्तव्यतर्फ हिड्छौ । 

 

तर, बिरालो सबै स्थितिमा अशुभ हुँदैन । यदी बिरालोले बायाँबाट दायाँतर्फ बाटो काटे मात्र अशूभ हुने गर्छ भने अन्य अवस्थामा बिरालोले बाटो काट्नु अशुभ नहुने बताइन्छ । यो पनि विश्वास गरिन्छ की बिरालोको पनि कुकुरको जस्तै छैठौ इन्द्रिय विकसित हुन्छ । बिरालोले पनि पछी हुने घटना बारे जानकारी दिने गर्छ । 

तन्त्र विज्ञानमा बिरालोलाई पनि महत्वपूर्ण जीव मानिन्छ । बिरालो यदी घरमा आएर रून थाले भने केही अशुभ हुने संकेत गर्छ भने बिरालोहरू एक आपसमा लडे भने तपाईको धन नाश हुने र लडाई हुने संकेत दिन्छ ।

 

बिरालोसँगै तानिन्छ धन
मानिसहरूमा यो विश्वासपनि छ की यदी बिरालो लक्ष्मी पूजाको दिनमा राती घर आए शुभ हुन्छ । लक्ष्मी पुजाको दिन बिरालो घरमा आए लक्ष्मी पनि साथै ल्याउने र वर्षभरी धन आउने विश्वास गरिन्छ । यदी बिरालोले घरमा बच्चा जन्माए पनि शुभ हुन बताइन्छ । 
यस्तै, यदी तपाई कुनै शूभ कार्यमा जाँदै हुनुहुन्छ र तपाईको अगाडि बिरालोले मासुको टुक्रा मुखमा लिएको देखिएमा पनि तपाईको काम सफल हुन्छ भन्ने मानिन्छ ।

 

ग्रह दशाबाट रक्षा गर्छ बिरालोले
ज्योतिषशास्त्रमा बिरालोलाई राहुको बाहन भनिन्छ । जसको कुण्डलीमा राहुले शूभ गर्दैन उनीहरूलाई राहुको प्रभावबाट बच्नका लागी बिरालो पाल्नु पर्छ ।

 

बिरालोले चाटेमा अशूभ
यदी तपाई सुतिरहेको बेलामा बिरालोले चाटेमा तपाइ सरकारी काममा फस्ने सम्भावना रहन्छ । यस्तै, यदी तपाईको खुट्टा बिरालोले चाटे तपाई भविष्यमा बिरामी हुने सम्भावना रहन्छ । बिरालो यदी माथीबाट हिडे पनि केही समस्यामा पर्न सक्ने सम्भावना रहन्छ ।