how to attract ladiesप्रेमी-प्रेमीकाका लागी सबैभन्दा प्रिय दिनका रूपमा भ्यालेन्टाइन डे अर्थात् फ्रेबुअरी १४ लाई लिइन्छ । तर, अब यसका साथै अर्को एक दिन पनि त्यस्तै प्रिय दिन बन्दै गएको छ, जुन दिनमा एक-अर्कालाई प्रपोज गर्न सकिन्छ ।

एक अध्ययनमा आफूलाई मन परेको मान्छेलाई प्रपोज गर्नका लागी भ्यालेन्टाइन डेबाहेक अर्को दिन क्रिसमस इभ अर्थात् २४ डिसेम्बरको दिन राम्रो मान्न थालिएको छ । अध्ययनका क्रममा ३२ प्रतिशत मानिसले उक्त दिनमा प्रपोज गर्नु राम्रो हुने बताएका थिए । यस्तै, उक्त अध्ययनमा ३१ अक्टुबरमा इसाइहरुले मनाउने हेलोविनको दिन पनि प्रपोज गर्नु राम्रो मान्ने गरेको पाइएको छ ।

क्रिसमसको छुट्टीमा आफूलाई मन परेको मानिसलाई प्रपोज गर्नु राम्रो मानिन थालिएको छ । ४९ प्रतिशत मानिसहरू क्रिसमसको बिदाको समयमा प्रपोज गर्नुलाई राम्रो मान्छन् ।

अध्ययनका क्रममा ५१ प्रतिशत महिलाहरुले पुरूषले आफूलाई पछ्याउने भन्दा पनि सोझै ‘मसँग विवाह गर्छैस् ?’ भनेर सोधेको मन पर्ने बताएका छन् । १५ प्रतिशत महिलाले भने प्रपोज गर्नका लागि टेक्नोलोजीको प्रयोग गर्नु राम्रो हुने बताएका छन् । उनीहरुले इमेलमार्फत प्रपोज गर्ने सबैभन्दा राम्रो माध्यम हुने जनाएका छन् ।