do namaste no handshakeहिन्दु धर्म तथा सस्कृतीमा हात जोडेर नमस्ते गर्ने र निहुरिएर साष्टाङ दण्डवत गर्ने परम्परा रहेको छ । तर, आजभोली मानिसहरु हात मिलाएर अभिभादन गर्दछन् र नमस्ते गर्ने प्रचलन कम हुँदै गएको छ । तर हिन्दु धर्म तथा सस्कृतिमा नमस्ते गर्ने प्रचलन त्यसै चलाइएको भने होइन, यसका विषेश कारण र फाइदाहरु छन्, त्यसै गरि हात मिलाउनुका बेफाइदा पनि रहेका छन् । 

नमस्ते गर्दा कसैलाई नछोइकनै अभिवादनको प्रक्रिया पुरा हुन्छ, यसबाट सरुवा रोगहरू सर्ने संभावना पनि कम हुन्छ, तर हात मिलाउँदा अन्य व्यक्तिसँग जोडिनु पर्ने हुन्छ ।

हिन्दु धर्मशास्त्रमा नमस्ते गर्नुका अन्य कारणहरु बताइएको छ, जस्तै नमस्तै गर्दा सकारात्मक उर्जा प्राप्त हुनुका सातै चैतन्य प्राप्त हुन्छ । नमस्ते गर्दा स्वय भगवान परमात्मा समेत खुसी हुने शास्त्रमा उल्लेख छ । नमस्ते गर्दा शरिरमा आध्यात्मको समेत विकास हुन्छ ।
नमस्तेका फाइदा तस्विरमा हेर्नुस्…

benefits of namaste

हात मिलाउँदा हाम्रो शरिरको उर्जा परिमण्डलमा अन्य व्यक्तिको उर्जाले घुसपैठ गर्ने मौका पाउँदछ । हात मिलाउँदा दुई शरिरका उर्जाहरू टकराउँछन् जसको असर शरिरमा मात्र होइन् मस्तिष्कमा समेत पर्दछ ।

हिन्दु धर्म र संस्कृतिमा स्त्रिसँग स्पर्श गर्ने पनि वर्जित गरिएको छ, यसको सिधा कारणपनि विदुतिय तरंग नखलबलियोस भनेर हो । त्यसैले अभिवादन गर्ने उचित माध्यम नमस्ते नै हो ।