gingerअदुवा हामीले दैनिक रूपमा भान्सामा प्रयोग गर्ने खाद्य पदार्थ हो । भान्सामा प्रयोग गरिने यो अदुवा आयुर्वेदमा पनि निकै प्रयोग हुने छ । विभिन्न रोगमा अदुवाको प्रयोग आयुर्वेदमा गर्ने गरिन्छ । अदुवाको प्रयोगले निन्द्रा नलाग्ने समस्या, खोकी, भोक नलाग्ने समस्या आदी रोगहरू निर्मुल पार्न सहयोग गर्छ । आयुर्वेदमा अदुवा एक जटिबुटीको रूपमा नै गरिन्छ ।

यही अदुवाले क्यान्सर जस्तो रोग पनि निर्मुल पार्न सक्ने हालै गरिएको एक अध्ययनमा पत्ता लागेको छ । ओभरी (पाठेघर) तथा प्रोस्टेट क्यान्सरबाट मुक्त हुनका लागि अदुवा निकै लाभदायक हने केहि समयअघि मिचिगन विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनमा पत्ता लागेको छ ।

अदुवाले पाठेघरको क्यान्सरका कोशिकाहरू नष्ट गर्नुका साथै प्रोष्टेट क्यान्सरका कोशिकाहरू समेत नष्ट गर्ने उक्त अध्ययनमा पत्ता लागेको छ । पाठेघर र प्रोस्टेट क्यान्सरबाट पिडित रोगीहरूका लागी किमोथेरापीको काम समेत गर्न सक्ने उक्त अध्ययनमा पत्ता लागेको छ । यसलाई अमेरिकन एशोसियसन फर क्यान्सर रिसर्चको एक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

सबैभन्दा अचम्मको कुरा के छ भने जब अदुवाको चुर्णलाई क्यान्सरका ती कोशिकाहरूमा प्रयोग गरियो, कोशिकाहरू नष्ट भयो साथै उक्त कोशिकाले अन्य कोशिकालाई समेत नष्ट गर्न थाल्यो । यसरी अदुवाको चुर्णले क्यान्सरका कोशिकाहरू नष्ट गरेपछी प्रोस्टेट क्यान्सर र ओभरीयन क्यान्सर पिडितलाई निकै ठुलो राहत दिने बताइएको छ । अदुवाको प्रयोग गरी क्यान्सरको रोकथामका लागी गर्न सकिने कार्यहरू सुरू गरिसकिएको बताइएको छ।

यस्तै, अदुवाले एक्सट्रेक्स प्रोस्टेट ट्युमरको आकारलाई समेत ५६ प्रतिशतले कमी गर्न सक्ने खोजबारे ब्रिटिश जर्नल अफ न्युट्रीशनमा प्रकाशित गरिएको छ ।

यदी मानिसले आफ्नो शरिरलाई आवश्यक पर्ने भन्दा बढी अदुवाको प्रयोग गरेमा पनि अन्य खाद्य पदार्थ या औषधीले जस्तो खराब नगर्ने चिकित्सकहरूको भनाई छ ।