bishnu and  lamxi काठमाडौ। हिन्दु धर्म अनुसार वैशाख महिनामा भगवान विष्णूको पुजा र उपासानको विशेष महत्व छ।

भोली सोमवारको अक्षय तृतियामा महालक्ष्मीको पुजाको शुभ घडि पनि छ । विष्णपत्नी लक्ष्मी धन र ऐश्वर्याको देबी मानिन्छन् ।

अक्षय तृतियामा गरिने पुजा, धर्म ,जप, तप र शुभ तथा मंगल कार्यले अत्यन्तै पुण्य प्राप्त गरिने र सम्पुर्ण मनोरथ पुरा धार्मिक विश्वास रहेको छ।

अक्षय तृतियाका दिन भगवान विष्णुको साथ साथै महालक्ष्मीको पुजा र मन्त्रजप गर्दा धन र संवृद्धीसंग जोडिएका सम्पुर्ण समस्या हल हुन्छन् भने झैझगडा र अशान्तीपनि टाढा भाग्ने धर्मशास्त्रमा बताइएको छ।

यहाँ लक्ष्मीपति विष्णु र माता लक्ष्मीलाई खुसी पार्ने सामान्य तथा चमत्कारी पुजा र मन्त्र प्रस्तुतु गरिएको छ। यो तरिकाबाट विष्णु र 
लक्ष्मी र विष्णुको सामान्यमात्रै पुजा गर्दा पनि घरपरिवारबाट दरिद्रता अन्त्य हुने मात्रै होइनन् धन आम्दानी र बचतका सम्पुर्ण समस्याबाट
मुक्ति पाइन्छ।

 

धन कमाउने चाहने र धनको अत्यन्तै खाँचो भएकालाई पनि यो पुजाविधी र मन्त्री जो यहाँ तल प्रस्तुत गरिएको छ रामवाण सावित हने 
शास्त्रमा उल्लेख छ।

 

अक्षय तृतियाको दिन भगवान विष्णु र देबी लक्ष्मीको पुजा गर्ने तरिका यस प्रकार छ

  • पुजा भन्दा पहिले कुनै पवित्र नदिमा गएर वा नदिको पानीले स्नान गर्नुस
  • घरमा वा मन्दिरमा भगवान विष्णुलाई पहेलो फूलर पहेलो रेशमी कपडा चढाउनुस भने लक्ष्मीको घरमै रहेको फोटो वा मन्दरिमा रातो फुलर रातो कपडा चढाउनुस ।
  • भगवान विष्णु र माता लक्ष्मीलाई सकेजतिको फलफूल र मिठाइ चढाउनुस ।

पुजा सकेपछि भगवान विष्णु र माता लक्ष्मीलाई प्रसन्न गर्ने तल प्रस्ततु गरिएको अत्यन्त सरल मन्त्रको जप गर्नुस..
लक्ष्मी मंत्र –

ॐ महालक्ष्म्यै नम:

विष्णु मंत्र –

ॐ विष्णवे नम:

पुजा र मन्त्रजप पछि माता लक्ष्मी र भगवान विष्णुको आरती गरेर सुख तथा समृद्धीको कामना गर्नुस।