Pipal leavesमानिसका लागी जीवनलाई सुखपूर्वक जीउनकालागी पैसाको आवश्यकता पर्छ । मानिसहरुले पैसाको अभावमा निकै पिडा, दु:ख झेलिरहेका हुन्छन् । यस्तो समस्याबाट बच्नका लागी मानिसले थोरै धर्मको साथ लिए उसले आफ्नो जीवनमा सुख पाउन सक्ने धर्ममा आस्था राख्नेहरू बताउँछन् । जो मानिस जीवनमा धनी हुन चाहन्छ उसले यदी प्रत्येक शनिबार या मंगलबार यो उपाय अपनाउन सके उसका समस्याहरु बिस्तारै समाप्त हुँदै जानेछन् । ऊ जीवनमा धनवान् र चिन्तामुक्त हुन सक्नेछ ।
 
प्रत्येक हप्ताको मंगलबार या शनिबार बिहानै उठेर आफ्नो नित्यकर्म गरी पीपलको ११ वटा पात चुलालेर ल्याउने । यहाँ के विचार गर्नुपर्छ भने ती ११ वटा पात पूरा हुनुपर्छ । कुनै पनि पात चुडिएको या च्यातिएको हुनु हुँदैन । यसपछी पानि र अष्टगंध या चन्दन मिलाएर ती ११ वटै पातमा श्रीराम लेखेर ती पातबाट माला बनाएर कुनै हनुमानथानमा गएर हनुमानलाई चढाउने । याद राख्नुस् पातमा श्रीराम लेख्दा हनुमान चालिसाको पाठ गर्न बिर्सनु हुँदैन । यसप्रकार केही समय यो कार्यलाइ निरन्तरता दिने हो भने अविश्वसनिय सकारात्मक परिणाम प्राप्त हुनेछ ।
 
याद राख्नुस यो कार्य गर्दा कुनै पनि प्रकारको अधार्मिक कार्य नगर्ने तथा आफ्नो कर्तव्यप्रति इमान्दार हुनु जरूरी हुन्छ । यदी यस्त भयो भने गरेका सबै कार्य निस्प्रभावी हुनेछन् ।