turmeric-powderबेसार, हामीले दिनहुँ प्रयोग गर्ने गरेको खाद्य पदार्थ हो । हामीले प्राय तरकारीमा प्रयोग गर्ने बेसार औषधिय गुनका हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ । धेरै रोगहरूमा बेसारको प्रयोग हितकर मानिन्छ ।

 

यसले शरिरमा रगतलाई सफा राख्ने काम समेत गर्छ ।
शास्त्रका अनुसार पूजामा बेसारो उपयोग निकै महत्वपूर्ण मानिन्छ । बेसार बिना धेरै पूजा पूर्ण भएको पनि मानिदैन ।

 

यस्तै, बेसारको सबैभन्दा बढी उपयोग दैनिक भोजनमा गरिन्छ । यसले खानालाई स्वादिलो बनाउने गर्छ साथै तरकारीमा भएका किरा मार्ने कार्य समेत बेसारले गर्छ । स्वास्थ्यको लागी बेसारको प्रयोग निकै राम्रो मानिन्छ ।

थाहा पाऔँ बेसारका अन्य फाइदा के-केः
– हिन्दु धर्ममा बेसारको प्रयोगलाइ पवित्र मानिन्छ । हामीले जनै पूर्णीमामा होस् या अन्य कुनै पूजामा हातमा बाध्ने डोरोमा बेसारको प्रयोग गरिएको हुन्छ । यसको प्रयोगले मानिसमा आउने विपद्, नकारात्मक शक्ति र विचारलाई बचाउँछ ।

 

– बेसारलाई शुभ सन्देश पनि मान्ने गरिन्छ । विवाहको निमन्त्रणा कार्डमा पनि सकेसम्म छेउछेउमा बेसार दलेर दिँदा त्यसले सम्बन्धमा थप प्रगाढता ल्याउने विश्वास गरिन्छ ।

 

– बेसार विवाहमा दुलाहा तथा दुलाहीलाई समेत लगाइदिेने गरिन्छ । यसले दुईको छालामा चमक आउने साथै सबै प्रकारका नकारात्मक शक्ति र अरूको नजर नलाग्ने विश्वास गरिन्छ ।

 

– शारीरिक सौन्दर्यलाई निखारता दिलाउनका लागि पनि बेसारको प्रयोग गरिन्छ । आजकल पनि कतिपय ठाऊँमा नुहाउनु भन्दा अघि शरिरमा बेसार लगाने गरिन्छ । यसरी बेसार लगाउँदा शरिरको माशंपेशी बलियो हुने बताइन्छ ।

 

– यसलाई औषधीको रूपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा पनि बेसारको निकै धेरै स्थानमा प्रयोग गरिन्छ । कतिपय जडिबुटीहरूमा बेसार मिसाएर औषधी बनाइन्छ ।