Salman-Khurshid२४ असार, काठमाडौ । भारतीय विदेशमन्त्री सलमान खुर्सीदले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नभेटी फर्कने भएका छन् । भारतीय विदेशमन्त्री खुर्सीदको भोली मंगलबारबाट सुरू हुने भनिएको दुई दिने नेपाल भ्रमणको अवधी छोटिएका कारण उनले प्रचण्डलाई नभेट्ने भएका हुन ।

पत्नी सीता दाहालको उपचारका क्रममा सिंगापुरमा रहेका प्रचण्ड भोली नफर्कने भएपछि खुर्सीदले प्रचण्डलाई भेटन नपाउने भएका हुन् । परराष्ट मन्त्रालय स्रोतका अनुसार खुर्सीद भोली नै स्वदेश फर्किने संभावना छ । यसअघि उनको नेपाल भ्रमण मंगलवार र बुधवार हुने तय भएपनि उनी भोली बेलुका साढे ६ बजे नै फर्कने भएका छन् । 

संविधानसभा निर्वाचनप्रति भारतीय ऐक्यबद्धता जनाउन भारतीय विदेशमन्त्री नेपाल आउन लागेका हुन् ।