sushil-sitaula२९ बैशाख, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्ती प्रकरणले कांग्रेस सभापति सुशील कोइराला र महामन्त्री कृष्ण सिटौलाबीच बोलचाल समेत बन्द भएको छ । लोकमान प्रकरणमा सिटौलाले कोइरालालाई ‘वाइपास’ गरेपछि कोइराला रूष्ट छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा सिटौलाले कोइरालालाई हप्काएका थिए । यसअघि बिहान पाँच बजे कोइरालालाई भेट्न पुग्ने सिटौला विवादका कारण पछिल्ला दिनमा कोइराला निवास गएका छैनन् ।

कान्तिपुर दैनिकले भारतीय विचौलियाको संज्ञा दिएका अमरेश कुमार सिंहको उक्साहटमा सिटौलाले सभापति कोइरालालाई लोकमानको विपक्षमा नबोल्न हप्काएका थिए । कोइराला र सिटौलाबीचको विवादका कारण निर्वाचन तयारी प्रभावित हुन सक्ने भन्दै कांग्रेसका केन्द्रीय सदस्यहरु चिन्तित बनेका छन् ।

अत्यन्तै विश्वास गर्ने सिटौलाको लविङका कारण लोकमान प्रकरणमा कोइराला फसेका थिए । कोइरालाले आफू परिबन्धमा परेको भन्दै सार्वजानिक रूपमै माफी माग्नु परेको थियो । महाधिवेशनबाट प्रकाशमान सिंह निर्वाचित महामन्त्री बनेपनि कोइरालाको निगाहामा सिटौला ‘टीके’ महामन्त्री बनेका थिए ।