२३ बैशाख, एजेन्सी । अमेरिकाको सिकागो शहरमा एक व्यक्तिले कुकुरलाई टोकिदिएका छन् । सुन्दा कतै गलत कुरा त लेखीएन भन्ने तपाईलाई लागेको हुन सक्छ तर यो सत्य हो की एक व्यक्तिले कुकुरलाई टोकिदिएका छन् ।

प्राय कुकुरले मानिसलाई टोकेका समाचार मात्र नभई प्रत्यक्ष देख्ने र केहीले त स्यम आफैले भोगेको हुनसक्छ । तर, मानिसले कुकुरलाई टोकेका घटनाहरू हामीले विरलै सुन्छन् । सायद तपाईहामी मध्ये केही मानिसले यस्तो घटना पहिलो पटक सुनेको पनि हुन सक्नुहुन्छ । यो घटना अमेरिकाको हो ।

आफ्नी श्रीमतीलाई कुकुरले आक्रमण गरेको देखेपछी श्रीमतीलाई बचाउन जाने क्रममा ती व्यक्तिले कुकुरलाई नै टोकिदिएका हुन् । क्यारेन हेनरी नामकी महिला आफ्नो कुकुर लिएर आफ्ना बाबुआमाको घरतर्फ लागिरहेकी थिइन् । सोही अवस्थामा केहि परबाट एउटा कुकुर झम्टिँदै आयो र क्यारेनमाथी जाइलाग्यो । क्यारेनलाई घाइते बनाएपछी उक्त कुकुर क्यारेनले पालेको कुकुरतर्फ लाग्यो ।

यसैक्रममा क्यारेनका पति पनि कारमा आइरहेका थीए । कारबाटै आफ्नी पत्नीलाई आक्रमण गरिरहेको देखेका क्यारेनका पति लेनले कुकुरलाई त्यहाँबाट लखेट्ने क्रममा उक्त कुकुरको नाकमा टोकिदिए । लेनले कुकुरलाई टोकीदिएपछी त्यो कुकुर भाग्यो र लेनले पनि आफ्नी पत्नी क्यारेन र आफूले पालेको कुकुर लिएर फर्किए ।

कुकुरले झम्टिएका कारण क्यारेनको अनुहारबाट रगत बगिरहेको थियो । क्यारेनले आफ्नो आँखा चस्मा लगाएकाले बचेको समेत बताएकी थिइन् ।

यता लेनले आफूले कुकुरलाई टोकेको स्विकार गर्दै आफूले पत्नी क्यारेन र आफूले पालेको कुकुरमाथी जाइलागेको कुकुरलाई त्यहाँबाट भगाउन जानीजानी कुकुरलाई टोकेको स्विकार गरेका छन् ।