Chaturdasi

दृष्टिकोण चैत्र ३० मा प्रदर्शन नहुने
आगामी चैत्र ३० गते देखि प्रदर्शन हुने भनिएको तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र दृष्टिकोण उक्त मितीमा प्रदर्शन नहुने भएको छ । निर्देशक तुलसी घिमिरेले जनाए अनुसार चैत्र ३० गते धेरै चलचित्रहरु प्रदर्शनमा आउने भएकोले यो अस्वस्थ प्रतिस्पर्धाबाट आफू पछाडी हटेको बताएका छन् ।
अव यो चलचित्र २०७० बैशाख अन्तिम साताबाट प्रदर्शनमा आउने बताइएको छ ।
मंजुमिता फिल्मसको व्यानरमा निर्माण भएको नेपाली चलचित्र दृष्टिकोणमा कुणाल,हिमानी डिसी,भास्कर प्रधान,भमरती घिमिरे आदिको मुख्य अभिनय रहेको छ ।