sleeping girlहामीले बेला-बेलामा सुत्ने क्रममा निकै समस्या भोग्ने गरेका छौ । दैनिक रूपमा गर्दै आएको कार्यलाई निन्द्रामा पनि गर्न थालेका घटनाहरू निकै धेरै बाहिर आउन थालेका छन् ।

निन्द्राका बेलामा अनेकन समस्याहरू आउने गरेको र त्यसलाई लिएर चिकित्सककहाँ पुग्नेको संख्या पनि निकै बढेको छ । मानिसले निन्द्रामा भोग्ने यस्तो समस्यालाई ‘पारासोम्निया’ भन्ने गरिन्छ । विशेषज्ञहरूका अनुसार सुत्दा हुने विभिन्न समस्या लिएर आउनेको संख्या निकै बढेको छ । यसबाट उनीहरू चिन्तित समेत बनेका छन् ।

 

आजकल विषेशगरी निन्द्रामा यस्ता समस्या देखिने गरेको विषेशज्ञहरूले जनाएका छन् ।
– म्यासेज गर्नेः आजकल प्राय धेरैको हातमा मोबाइल हुन्छ र प्राय दिनमा या होसमा रहँदा मोबाइल प्रयोय गर्ने गरिन्छ । दिनमा प्रयोग गरिने मोबाइलको प्रयोग राती निन्द्रामा पनि हुने गरेको छ । निन्द्रामा नै साथी भाई या आफन्तहरूलाई म्यासेज गर्ने, फोन गर्ने जस्ता समस्या देखीन थालेका छन् ।

 

– निन्द्रामै खानेः निदाएको बेलामा भान्सासम्म पुगेर खाने गरेका समस्याहरू पनि दिनानुदिन बढ्दै गएको बताइएको छ । निन्द्राको सुरमा भान्सा, फ्रिज या आफ्नै कोठामा भएका खानेकुराहरू खाएर सक्ने गरेका समस्याले पनि धेरैलाई पिरोल्न थालेको छ ।

 

– सास फेर्न रोकिने समस्याः निन्द्रामा सास नै रोकिएर निस्सासिने गरेका घटनाहरू पनि निकै धेरै भेटिने गरेको चिकित्सकहरूको भनाई छ । निन्द्रामा यसरी स्वास रोकिने समस्या निकै गम्भिर भएको चिकित्सकहरूको भनाई छ । मानिसहरू श्वास रोकिएको समस्या लिएर अस्पताल पुग्ने गरेका छन् भने उनीहरूले यस्तो अवस्थाबाट ब्युझिँदा आफूहरू निकै थालेको अनुभव हुने समेत बताउँछन् ।

 

– शारीरिक सम्बन्धः निन्द्राका क्रममा थाहा नै नपाई शारीरिक सम्पर्क गर्ने मानिसहरुको संख्या पनि उत्तिकै बढ्दै गएको छ । निन्द्रामा रहँदा सँगै सुतेको व्यक्तिसँग सेक्स गर्ने र बिहान उठ्दा मात्र उक्त घटनाबारे थाहा पाउने समस्या पनि कै निकै धेरै हुने गरेको बताइन्छ । बढी तनाव या रक्सी र लागुऔषध प्रयोग गरेको बेलामा बढी मात्रामा यस्ता कार्य हुने गरेको चिकित्सकहरूको भनाई छ ।

 

यस्ता समस्या मानसिक तनाव तथा थकानका कारण हुन सक्ने चिकित्सकहरूको भनाइ छ । मानिसहरूमा हुने तनाव र मानसिक समस्या बढ्दै गएको अवस्थामा यस्ता समस्या बढ्दै गएको हुन सक्ने अनुमान गरिएको छ ।